स्कटल्यान्डमा तीज बिशेष कार्यक्रम

स्कटल्यान्डमा तीज बिशेष कार्यक्रम


teej 13स्कटल्यान्ड। स्कटल्यान्डमा सक्रिय रुपमा क्रियाशिल नेपाली संस्था अर्गनाईजेसन फोर नेपलिज कल्चर एन्ड वेलफेयर (ओएनसीडब्लू) को आयोजनामा भब्य रुपमा तीज बिशेष कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा चर्चित लोक गायिका सुनिता दुलाल र स्कटल्यान्डका लागि नेपाली कन्सल जनरल श्रीमती सुनिता पोद्दारलाई जेष्ठ नागरिक श्रीमती सोमा घिमिरेले दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै स्कटल्यान्डकालागि नेपालका अबैतनिक दूत श्रीमती सुनिता पोद्दारले स्कटल्यान्डको नेपाली समुदायको सेवाको लागि आफूले सक्दो सहयोग गर्ने बताईन्। उनले नेपाली समुदायमा कुनै समस्या भए आफूलाई संपर्क गर्न समेत अनुरोध गरिन्। कार्यक्रममा स्थानीय कलाकारहरूले आकर्षक तीज नृत्य प्रस्तुत गरेका थिए भने गायिका सुनिता दुलालले करिब दुई घण्टासम्म सहभगीहरुलाई लोक गीत र तीज गीतमा नचाएका थिए। आयोजक संस्था ओएनसीडब्लूका अध्यक्ष दीपेश रेग्मीले बिदेशमा बसेता पनि नेपालका कलाकारहरूसँग आफ्नो संस्कृतिमा रमाउन संस्थाले यस्ता कार्यक्रमहरू आयोजना गरिरहने जानकारी दिए।
teej 11
teej_4
teej_2
teej_8
-मेरो सम्वाददाता, स्कटल्याण्ड