विश्वप्रसिद्ध धावकहरुसँग दौडदै, नेपालमा सहयोग जुटाउँदै

विश्वप्रसिद्ध धावकहरुसँग दौडदै, नेपालमा सहयोग जुटाउँदै


regmiस्कटल्याण्ड। विश्वप्रसिद्ध धावकहरुहरु सहभागी हुने बेलायतको प्रतिष्ठीत दौड ग्रेट बुपा नर्थ रन म्याराथनमा स्कटल्याण्डको एबरडिन शहर बस्ने संगीता शर्मा रेग्मी पनि सहभागी हुँदैछिन् । बेलायतको बीबीसी टिभीले समेत प्रतक्ष्य प्रसारण गर्ने उक्त महत्वपूर्ण हाफ म्याराथनमा संगीता शर्मा रेग्मी सहभागिताको उदेश्य चितवनको असहाय बिधार्थीहरुको लागि सहयोग जुटाउने रहेको छ । यही १५ सेप्टेम्बरमा हुने विश्वकै महत्वपूर्ण मानिएको उक्त दौडमा विश्वप्रसिद्ध धावक दुई ओलम्पिक स्वण॔ पदक विजेता मो फराह, म्याराथनमा पूर्व विश्व रेकर्ड कायम गरेका तथा तथा दस हजार मीटर दौडमा दुई पटक ओलम्पिक विजेता ईथियोपियाका हेय्ली जिब्रेल्यासी तथा पाँच हजार र दस हजार हजार मीटर दौड मा ओलम्पिक र विश्व रेकर्ड कायम गरेका ईथियोपियाका केनेनिशा बेकेली लगायत प्रसिद्ध धावकहरुको सहभागिता रहने छ ।

उनले सरकारी विद्यालय नयाँ किरण माविमा भोजाड चितवनमा पढ्ने विपन्न बिधार्थीहरुलागि अझय कोष निर्माणको लागि करीव दुई लाख भन्दा बढी सङ्कलन गरिसकेकी छिन् भने अझ बढी सहयोग सङ्कलन हुने लक्ष्य रहेको छ । आफ्नो कर्म थलोमा बिपन्न विद्यार्थीहरूलाई सहयोग गर्न पाउँदा धेरै खुशी लागेको र भविष्यमा अझ सहयोग गर्ने उनी बताउँछिन्। रेग्मीले यो अभियान हेल्प नेपाल नेटवर्कको सहकार्यमा गर्दैछिन्। यसको लागि सहयोग जुटाउने वेबसाइट डब्लु डब्लु डब्लु डट जस्टगिविंग डट कमरनयाँकिरणस्कूल मार्फत र व्यक्तिगत रूपमा अभियान चालिएको छ। हेल्प नेपाल नेटवर्क मार्फत उठेको सम्पूर्ण रकम अछय कोषमा जम्मा गरेर प्रत्येक वर्ष गरिब बिधार्थीहरुलाई छात्रवृति प्रदान गरिने लक्ष्य राखिएको छ। उक्त दौडको लागि उनी अहिले दिनहुँ अभ्यास गर्नुका साथै विपन्न बिधार्थीको सहायोगको अपील पनि गर्दैछिन् । रेग्मी यसअघि पनि एक पटक हाफ म्याराथन र दुई पटक दस किलोमिटर च्यारिटी रनमा सहभागी भइसकेकी छिन्। नयाँ किरण मावि चितवनका प्रधानअध्यापक भानु उपाध्याय यस्तो सहयोगले विपन्न बिधार्थी माथि विद्यालयको पहुँच अझ बढ्ने बताउँछन्। २०२३ सालमा स्थापित उक्त बिद्यालयमा हाल कररीव ६ सय विद्यार्थीहरू अध्ययनरत छन्।
-प्रकाश अर्याल, मेस