लण्डन – संसारमा कफी अब नौलो पेय वस्तु रहेन । विकशित राष्ट्रहरुमा कफीको व्यापार दिन प्रति दिन बढ्दो छ । बेलायतको परिप्रेक्ष्यमा भन्नुपर्दा यो राष्ट्र पूर्णतया कफी सेवन् गर्ने राष्ट्र बन्न पुगेको छ । प्रत्येक दिन बेलायतवासीहरुले सत्तरी मिलियन अर्थात सात करोड कप कफी सेवन् गर्छन् । जानकारहरु भन्छन् के यो हाम्रो लागि लाभदायक छ? अध्ययनले कफी सेवनबाट स्वास्थ्यमा असर पार्ने हुनाले युवावर्गलाई बढि मात्रमा कफी सेवन नगर्ने सल्लाह दिएको छ । ५५ वर्षभन्दा मुनिका मानिसहरुले प्रत्येक दिन चारकप भन्दा बढि कफी सेवन गरेमा मृत्युको जोखिम बढ्ने कुरा प्रकाश पारेका छन् । तर, पुरानो कफीमा लत् लागेकाहरुलाई अध्ययनले खासै नकारात्मक असर नपारेको बताउँछन् । हप्तामा २८ कप भन्दा बढि कफी सेवन गर्ने युवा महिलाहरुको पक्षमा भने अध्ययनले दोब्बर मृत्युको जोखिम बढ्ने कुरा जनाएको छ । अमेरिकाको साउथ केरोलिना विश्वविध्यालयको अध्ययनले प्रत्येक दिन चार कपभन्दा कम कफी सेवन गर्ने युवाहरुलाई पनि मृत्युको जोखिम बढि भएको थाह लागेको छ । बढि कफीको सेवनबाट हृदयघात, लामो निको नहुने रोग तथा क्यान्सर जस्ता रोगहरु लाग्ने कुरा पत्ता लगाएका छन् । यी यावत कफीको सेवनबाट हुने असरहरु बारे पहिलोचोटि नभई धेरै पहिले देखि नै थाह भएको कुराहरु हुन् । कफीको नकारात्मक असर तथा कफीको सेवनपछि स्वास्थ्य जोखिममा पर्ने भनिएता पनि जब यसबारे छलफल हुन्छ त्यतिबेला कफीको छलफल स्वादिलो छलफल हुन्छ । कफीको सेवनले एकातिर स्वास्थ्यमा नकारात्मक असर पार्ने कुरा विज्ञहरु भन्छन् भने अर्कोतिर कफीको सेवनबाट मधुमेह टाईप दोश्रो, पार्किन्सन तथा अल्झईमेर जस्ता रोगहरुको निदानका लागि प्रयोग गरिने दवाई साबित भएको कुरा अनुसन्धानकर्ताहरु बताउँछन् । कफीको बारेमा फाईदा तथा बेफाईदाका कुराहरु धेरै छन् । कफी बारे तल दिएका केहि तथ्यहरु जानकारीका लागि सम्प्रेषन गरिन्छः
• एउटा एक्स्प्रेसो कफीका लागि ४२ वटा कफीका दानाहरु चाहिन्छ ।
• विश्वमा सबैभन्दा लोकप्रिय पेयपदार्थ कफी हो ।
• ८५ प्रत्तिशत कफी सेवन गर्ने बेलायतीहरुले दुध हालेको कफी सेवन गर्छन् र यसमध्ये ५७ प्रत्तिशतले मात्र चिनी मिलाएर पिउँछन् ।
• फ्रान्सिली दार्शनिक भोलटेयरले एकदिनमा ५० कप कफी पिउँथे ।
• बेलायतमा विगत ६ वर्षभित्र तैयारी कफी घरमा लगेर पिउने व्यापार फस्टिएर १८९ मिलियन पाउण्ड रकम पुगेको छ ।
• बेलायतमा वार्षिक कफीको व्यापार ९४१ मिलियन पाउण्ड रहेको छ ।
• लगभग ४०० मिलियन कप कफी प्रत्येक दिन अमेरिकामा खपत हुन्छ ।
• बेलायत भरका ७९ प्रत्तिशत जनताले कफी सेवन गर्छन् ।
• एकपाउण्ड वजन कफी बनाउन ४०००वटा कफीका दानाहरु चाहिन्छ ।
• गर्भधारण गरेका महिलाहरुलाई कफीको सेवन् २०० एमजीभन्दा बढि अर्थात दुईकपभन्दा नपिउने सल्लाह अध्ययनले दिएको छ ।
• भर्खरै बनाएको एक मग कफीमा एकसय एमजी कफेईनको मात्र हुन्छ ।
• एकमग फिल्टर गरेको कफीमा १४० एमजी कफेईनको मात्र हुन्छ ।
साभार – साभार मेट्रो
प्रतिक्रिया