पांचौं साधारणसभा भव्य रुपमा सम्पन्न गर्ने एनआरएनए युकेको निर्णय

पांचौं साधारणसभा भव्य रुपमा सम्पन्न गर्ने एनआरएनए युकेको निर्णय


mahendra-kandelविपिन निरौला, लण्डन – गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायतको आगामी सेप्टेम्बर १५ आइतबारका दिन प्लमस्टेडमा हुने पांचौं साधारणसभा एवं निर्वाचन भव्य रुपमा सम्पन्न गर्ने निर्णय भएको छ । एनआरएनए युकेका उपाध्यक्ष एवं पांचौं अधिबेशन तयारी समितिका अध्यक्ष महेन्द्र कंडेलको अध्यक्ष्ँतामा गतसाता बसेको बैठकले विभिन्न निर्णयहरु समेत गरेको छ ।

तदर्थ समितिका सचिव राजकुमार त्रिपाठीका अनुसार साधारणसभामा भएको छलफलका क्रममा उठेका अवधारणाहरुलाई समेटेर एक प्रतिवेदन पेश गरीनेछ । बैठकमा नागरिक समाजका संयोजक डा। चन्द्र लक्सम्बाले एनआरएन युके एकभएर अघि बढ्नुपर्ने कुरामा जोड दिंदै बर्तमान एनआरएन युकेले संस्थाको आर्थिक कोष अपारदर्शी बनाएको र त्यसमा आर्थिक अनियमितता भएकोले त्यसको पर्दाफास गरीने बताए । साथै एनआरएनएलाई समावेशी ढंगले अघि बढाउने र कोपरेटिभ लगानी गर्ने बातावरण तर्फ आगामी पन्ध्र सेप्टेम्बरको साधारणसभाले निती पारत गरी अघि बढ्नुपर्ने बताए ।
त्यसैगरी निर्वाचन समितिका संयोजक डा पुरुषोत्तम पौडेलले अहिलेसम्म एनआरएन युकेमा भएका वार्ताहरुका विषयमा बैठकमा बृस्तित रुपमा जानकारी गराउंदै अझैपनि वार्ताको ढोका खुल्ला रहेको जानकारी दिए । उनले एनआरएनएलाई पारदर्शी र अनुशासित संगठनका रुपमा अगाढि बढाउने कुरामा जोड दिए ।

एनआरएन युकेका पुर्व उपाध्यक्ष एवं संस्थापक सदस्य आङ कल्जङ्ग लामाले आफुहरुले एनआरएनएमा पहिलेदेखि उठाउंदै आएको समावेशी र छाता संगठनको अवधारणलाई विगतको कार्यसमितिले अल्पमतमा पारी उक्त अवधारणलाई सदैव निषेदको रबैया अपनाएको तितो अनुभव स्मरण गर्दै महेन्द्र कंडेलको अध्यक्ष्ँतामा गठन हुने एनआरएन काउन्सील अवधारणामा जान लागेकोमा आफुलाई खुशी लागेको बताए । उनले काउन्सील अवधारणका केहि उदाहरण प्रस्तुत गर्दै आगामी अधिबेशनमा यो पारीत गरी अघि बढ्न शुभकामना व्यक्त गरे । उपस्थित सहभागिहरुबाट उठेका काउन्सील अवधारणा सम्बन्धि जिज्ञासाको जवाफ दिंदै एनआरएन युके विधान समितिका संयोजक चण्डिका राईले आगामी सेप्टेम्बर १५ को अधिबेशनमा विधान प्रश्तुत गरीने र साधारणसभाले पारीत गरेपछि तिन महिना भित्र काउन्सीलको गठन गरीने जानकारी दिए । अधिबक्ता समेत रहेका उनले कानुनी जटिलता फुकाउने र छ महिनाभित्र विशेष सधारणसभा बोलाई एनआरएनए युके काउन्सील अवधारण अन्र्तगत अघि बढ्ने प्रष्ट्याए ।
स्मरणीय रहोस्, गैरआवासीय नेपाली संघ यूकेमा अहिले दुई धार वा समूह छन्, त्यो योगेन क्षेत्री समूह र अर्को महेन्द्र कँडेल समूह हुन् । एकको अधिवेशन इलिंगमा र अर्को प्लम्स्टेडमा हुने भनिएको छ । -सम्पादक