लण्डन – वार्षिक रुपमा लण्डनका एक हजार अत्यन्त प्रभावशाली तथा शक्तिशाली व्यक्तित्वहरुको सूची सम्प्रेषन गर्ने श्रृङ्खला ईभिनिङ स्ट्याण्डर्डले गर्दै आएको छ । इेभिनिङ स्ट्याण्डर्डले सर्वेक्षण गरेर निकालेको यसवर्षको सबैभन्दा प्रभावशाली व्यक्तित्वमा भर्खरै जन्मेका राजकुमार जर्जले खिताब जितेका छन् । ड्यूक एण्ड डचेस अफ क्याम्ब्रिजका आठ हप्ते छोरा राजकुमार जर्जलाइ आजको ईभिनिङ् स्ट्याण्डर्डले उनी राजधानीको राजा अर्थात सबैभन्दा ठूलो विश्वदूत बन्न सफल भएका छन् भनेर सम्प्रेषन गरेको छ । एक वर्ष अघि वर्षनायक अर्थात वर्षको एक हजार व्यक्तित्व मध्ये सबैभन्दा शक्तिशाली व्यक्तिको खिताब जितेको लण्डनका मेयर बोरिस जोन्सन्लाई उनले दोस्रो बनाएर, पछि पार्दै पहिलो स्थानमा चुनिन पुगे । त्यस्तै यसवर्ष तेस्रो, चौथो, पाँचौ र छैठौं स्थानमा न्यू ब्याङ्क अफ ईङ्गल्याण्डका गभर्नर, मार्क कार्नी (उनलाई आर्थिक स्थितिमा सुधार ल्याए बापत), प्रधानमन्त्रि डेभिड क्यामरोन्, च्यान्सेलर जर्ज ओसबोर्न तथा होम सेक्रेटरी थेरेसा मे परेका छन । ईभिनिङ स्ट्याण्डर्डको एउटा प्यानल द्वारा विशेष संवाददाताहरुको रिपोर्ट मार्फत छनौट गरेर एक हजार जनाको सूची प्रत्येकवर्ष सम्प्रेषन गरिन्छ । लण्डनका अति नै प्रभावशाली मानिने बटारसी पावर स्टेशनकी सम्पादक सारा स्याण्ड्सलीले, “लण्डन विश्वका लागि एउटा चुम्बक हो, हाम्रो नयाँ लण्डन निवासी राजकुमार चुम्बकीय शक्तिको सामायिक प्रत्तिक हुन्” भनेकी छिन् । यसैक्रममा शाही परिवारका ५ जना व्यक्तित्वहरु पनि प्रथम बीस जनाको सूचीमा परेका छन् । लण्डनका सबै तहतप्काका वासिन्दहरुबाट चुनिने एक हजार व्यक्तित्वहरु आर्थिक कारोबार, खानेकुराको व्यवसाय, खेलकुद, सङ्गीत, थिएटर, राजनीतिक तथा रङ्गमञ्च सबै क्षेत्रलाई समेटेर चुनिने गरिन्छ । आज राती ती सबै जनाको सम्मानमा रात्रीभोज दिईदै छ ।
प्रतिक्रिया