बेलायती नेपाली ठगहरुबाट होशियार

बेलायती नेपाली ठगहरुबाट होशियार


Thievesलण्डन – भर्खरै एक जना मित्रलाई एक जना नेपालीले जुन तरिकाले ठग्यो त्यस कुरालाई विचार गर्दा मान्छेको कलुषित वैमनष्या हालतले सिर्र्जना गरेको नभई वंशानुगत हुन्छकि जस्तो लाग्दछ । समाजका यस्ता कलङ्कहरुले नै बेलाबेलामा समाजको पोखरी धमिल्याउने गर्दछ । घट्ना केहि दिन पहिले घटेको हो । आफूलाई क्याप्टैन रिटायर मिन प्रसाद गुरुङ भनेर परिचय दिने ठगले धेरै मानिसहरुलाई कामको लालच देखाएर ठगी गरेको खुलना आएको छ । यस सन्दर्भमा प्लमस्टिड, लण्डन निवासी हरि गुरुङ (ह्यारी)ले आफ्नो फेसबुक तथा ईमेल मार्फत सबै नेपालीलाई सतर्क गराउने ध्येयले यस घट्नालाई बृहत सम्प्रेषन गरेका छन् । पीडितले आफ्नो नाउँ उल्लेख नगर्ने शर्तमा यो समाचार स्तम्भकारलाई बताएका थिए । सबै नेपालीहरुलाई सतर्क गराउने तथा ठगलाई पक्डाउ गरी कानूनी कार्वाही गर्ने कुरामा मदद् गर्ने अनुरोध गरिन्छ । यस्ता समाजका कलङ्कहरुलाई सदाको लागि नामेट गर्नु पर्दछ । आफ्नो मिहिनेतको पसिना बगाएर जम्मा गरेको सम्पत्ति कसैले ठगेर लग्दा त्यो भन्दा ठुलो दुर्भाग्य के हुन सक्छ? नेपालीहरुकै मिलोमतोमा धेरै नेपालीहरुका घरबाट लाखौं मुल्य बराबरको बहुमुल्य गरगहना, जिन्सी तथा पैसा चोरी भएको घटनाहरु धेरै छन् । चोरले स्थान, माहौल र त्यस घरमा सम्पत्ति छ भन्नेकुरा आफ्नै ईष्टमित्रहरुबाट पत्ता लगाउँछन् अनि ठिक समय पारेर लुटेर लग्छन् । त्यसकारण आफ्नै ईष्टमित्रहरुबाट पनि होशियार रहनु आवश्यता छ । पोहोर लुईशाम, लण्डनबाट सयतोला भन्दा बढि सुन डकैती गरि लगेको घट्नाले सबै नेपालीहरु सुन सुरक्षित राख्न अहिले ब्याङ्कहरुमा धाउना थालेका छन् । यस घट्नाको ठगले सुरक्षा क्षेत्रमा राम्रै काम गरिरहेका एक जना मित्रलाई आफू ईन्टेलिजेन्स विभागमा काम गरिरहेको कुरा गरेर फुस्ल्याउँदै शिकार बनाएका रहेछन् । पीडितलाई तत्काल बढि तलब पाउने क्लोज प्रोटेक्शन एक्जेक्युटिभ(अङ्ग रक्षक)को काम दिलाईदिने प्रलोभन देखाएको रहेछ । आफूलाई नेपालको गोरखा जिल्ला निवासी भन्ने ठगले गुरुङ भाषा बोल्दा खररै बोल्ने तर, गोरखा जिल्लाको गुरुङहरुले बोल्नेखाले भाषा नबोलेको पीडक भन्छन् । क्लोज प्रोटेक्शनको प्रमाणपत्र नभएको पीडितलाई तुरुन्त २८० पाउण्ड तिरेर तालीम तथा काममा लाग्ने कुरा भनेका रहेछन् । २८० पाउण्ड वेस्टर्न युनियन मार्फत भुगतान गरेपछि त्यो ठगले टेलिफोन् सम्पर्क विच्छेद गर्दामात्र पीडितको होश खुलेको रहेछ । आफ्नो गर्दै आएको नोकरी समेत त्यागेर बढि पैसा पाउने अङ्ग रक्षककामको प्रलोभन र ठगको धुत्र्याईले गर्दा उनी अहिले काम विहिन बेकार भएका छन् ।