नेपाली कांग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन भएसँगै नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान स्थगित भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको आकस्मिक बैठकले बैशाख २५ गतेसम्मका लागि अभियान स्थगित गरेको हो ।
ताम्राकारको असामयिक र दुःखद निधन भएकोले उनिप्रति गहिरो शोक प्रकट गर्दै बैशाख ११ गते देशभर एक साथ प्रारम्भ गर्ने भनिएको ‘हिमाल, पहाड, तराई–मधेश, नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ को प्रथम चरण अन्तर्गतको एक महिने कार्यक्रमको मिति परिवर्तन गरिएको काङ्ग्रेसले जनाएको छ । सो कार्यक्रम २०७६ वैशाख २५ देखि शुरु भई जेठ २५ गतेसम्म देशभरका सबै जिल्लाहरूमा पूर्ववत रुपमा संचालन हुने जनाइएको छ ।
रुपन्देहीबाट नेपाली कांग्रेसबाट राजनीति गर्दै आएका ताम्राकार पटक पटक मन्त्री समेत बनेका थिए । अघिल्लो हप्ता ताम्राकारको स्वास्थ्य अवस्था गंभिर भएपछि आईसीयुमा भर्ना गरिएको थियो । निमोनिया समेत भएका उनको अवस्था निकै गम्भिर भएपछि भेन्टिलेटरमा राखिएको थियो । ललितपुरको अल्का अस्पताल एकान्तकुनामा उपचारको क्रममा उनको निधन भएको हो । ताम्राकार बिगत दुई बर्षदेखि क्यान्सरसँग लडिरहेका थिए ।

प्रतिक्रिया