लण्डन । बेलायतका विभिन्न ठाँउमा आजभोलि दुईजना नेपाली मिलेर नेपालीलाई नै ठगिरहेको जानकारी प्राप्त भएको छ । उक्त जानकारीअनुसार ती दुवैजना भूपू ब्रिटिश सैनिक भएको अनुमान लगाइएको छ ।दुबैजनालाई आर्मीसम्वन्धी विस्तृत जानकारी रहेको बताइएको छ । त्यसैले हालसम्म यिनीहरुका सिकार भूपू गुर्खाहरु नै भएका छन् ।। ती ठगहरुका बारेमा ठगी जाँच आयोगमा उजुरी परिसकेको छ र प्रारम्भिक जांचमा उनीहरुले प्रयोग गरेका मोबाइल नं प्री पेड भएको र एक जनालाई ठग्न सफल भएपछि फ्याँकिएको वा अर्कोलाई प्रयोग नगरिएको खुल्न आएको छ । तर जति नै बाठा भए तापनि ती ठगहरुले यूके बैंक खातामा रकम ट्रान्सफर गराएका हुँदा छिट्टै पत्ता लाग्ने जाँच अधिकारीहरुका दावा छ । ठगहरुले खासगरी, कुनै एक जना भूपू गुर्खाखालाई …..त्रि्रो पेन्सन निस्कँदाको वाँकी रहेको रयलपयल दशहजार पाउण्ड जति रहेछ, तिमीले तुरुन्त स्कटल्याण्डमा लिन आउनुपर्नेछ, नत्र उक्त रकम फिर्ता जाने छ भनेर छोटो अवधिको समयसीमा दिनेगर्दछन् । अचानक त्यति धेरै रकम अनि त्यति ठूलो अनुपातमा आउने हुँदा भूपूहरु ज्यादै नै उत्साहित हुनु स्वधाविकै हुन्छ, त्यही मानवीय स्वभावलाई फाइदा उठाउन खप्पिस ती ठगहरुलाई भूपू बाट त्यति थोरै अवधिमा कुनै पनि हालातमा आफू स्कटल्याण्ड आइपुग्न नसक्ने अवस्थाको बारेमा अवगत गराइन्छ र अन्य उपाय खोजिदिनको लागि आग्रह गरिन्छ । त्यसपछि उनीहरुले एउटा कुनै निश्चित एकाउण्ट नम्बरमाको खातामा आफ्नो खाताबाट एकहजार पाउण्ड रकम ट्रान्सफर गरिदिए तिनले त्यही खातामा उक्त दशहजार पाउण्डबराबरको रयलपयल रकम दुईपटक गरी ट्रान्सफर गरिदिने उपाय बताउँदछन् ।
अर्को घटनाअनुसार, अर्का कुनै एक जना भूपू उच्च पदस्थलाई उनको पुरानो चिनजान भएको व्यक्ति बनेर, स्वरसमेत मिलाई, पुराना घटना सुनाएरपछि ….हालको कामभन्दा अति राम्रो काम संगै गर्ने प्रलोभनमा पारिन्छ तर त्यसका लागि एउटा छुट्टै लाइसेन्स चाहिने जुन कुनै वा सिकार पार्न लागिएको भूपूसँग हुँदैन, त्यसलाई निकाल्न अवश्य नै प्रशस्तै समय लाग्ने हुन्छ तर तुरुन्त केही रकम दिए सो लाइसेन्स तुरुन्तै निकाल्न सकिने आइडिया पनि बताइन्छ साथसाथै । यसरी राम्रो कामको लागि लाइसेन्स जरुरी हुने र त्यो पनि छिट्टै बनाइदिने उनै व्यक्ति मिल्ने भएकाले जोसुकैले पनि पैसा हाल्ने नै भए, मानवीय त्यही कमजोरीको फाइदा उठाउन नेपाली ठगहरु नै यहाँ यूकेमा सफल भएका छन् । त्यसउपर सचेत रहन यही समाचारबाट स्थानीय प्रशासनले सूचित गरेको छ ।
प्रतिक्रिया