गायक सत्य स्वरूपले दशै तिहारमा यूके घन्काउने

गायक सत्य स्वरूपले दशै तिहारमा यूके घन्काउने


proलण्डन । नेपालमा हाल अति चर्चीत रहेका गायक दाजुभाइ सत्यराज र स्वरूपराज आचार्यले दशै तिहारको अवसरमा यूकेका बिभिन्न स्थानहरुमा सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने भएका छन्। आफ्ना पिताको नाममा स्थापित भक्तराज आचार्य संगीत प्रतिष्ठानको सहयोगार्थ आयोजना गरिने कार्यक्रमहरुमा आफ्ना चर्चीत गीतका साथै भक्तराज आचार्यका गीतहरु समेत प्रस्तुत गर्ने छन् ।
गायक सत्य र स्वरूपले अक्टोबर १० देखि नोभेम्बर ९ सम्म इङ्ल्यान्ड्, वेल्स तथा स्कटल्यान्ड्का बिभिन्न शहरहरुमा कार्यक्रमहरु तय भएको आयोजक संस्था अर्गनाइजेसन फर कल्चर एन्ड वेलफेयर ९ओएनसीडब्लू० का अध्यक्ष दीपेश रेग्मीले बताए। जसअन्तर्गत क्रोयोडेनमा अक्टोबर १२, रिडिङ्गमा १३ र १५ अक्टोबर, कार्डिफमा अक्टोबर १९, सर्रेमा अक्टोबर २०, ग्लास्गो मा अक्टोबर २८, वूलविचमा अक्टोबर र ३०, ह्यारोमा १ नोभेम्बर, केन्टमा २ नोभेम्बर, एबरडिनमा नोभेम्बर ३, एडिनब्रा मा ४ नोभेम्बर तथा फारनबोरोमा ९ नोभेम्बर कार्यक्रमहरु आयोजना गरिएको छ । उक्त कार्यक्रमहरुको सह आयोजकहरु ग्रेटर रिडिङ समाज, क्रोयोडेन नेपाली कम्युनिटि, वेल्स नेपाली कम्युनिटि, क्याट युके, ग्लास्गो नेपाली एसोसिएसन, नेपाल स्कटल्यान्ड एसोसिएसन तथा मिमोसा ब्यानक्युटिङ रहेका छन् । नेपालमा ओझेलमा परेका सांगीतिक प्रतिभाहरुलाई सहयोगार्थ आयोजना हुने कार्यक्रमहरुमा सहभागीता जनाउन गायकद्वयले अनुरोध गरेका छन् ।-दीपेश
sin1

si2