लण्डन । नेपालीहरुको महान पर्व विजया दशमी घर घरमा आइसकेको छ । यस वर्षको दशैंलाई हर्षोल्लासका साथ मनाउन निकै चटारो पनि छ । यसै सेरोफेरोमा बेलायतस्थित नेपाली दूतावासले पनि विजया दशमी २०७० भव्य मनाउने भएको छ । यसका लागि बेलायतभरका नेपालीहरुलाई दूतावासले दशैं मनाउन निम्ता गरेको छ ।
विजया दशमी २०७० को शुभकामना दिँदै बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेे तथा श्रीमती डा. मिलन अधिकारी चालिसेले दशैंको अवसरमा पारी नेपाली दूतावासले मनाउने दिवा भोजमा सहभागी हुन बेलायतवासी नेपालीहरुलाई आव्हान गरेका छन् ।
अक्टोबर १३ गते आइतबार दूतावास भवन १२ ए केञ्जिङ्टन प्यालेस गार्डेन्समा मनाइने दशैं दिवा भोजमा राजदूत डा. चालिसेसहित दुतावास परिवार सहभागी हुनेछ । गएका वर्षहरुमा जस्तै यस वर्ष पनि नेपालीहरुको बाक्लो उपस्थिति हुने दूतावासले विश्वास लिएको छ । र्-धर्म
प्रतिक्रिया