अल्डरसट । हिजो, अर्थात्, अक्टोबर ५ तारिखका घटस्थापनाकै दिनबाट पूर्ण धार्मिक विधिद्वारा दुर्गा स्थापना अल्डरसटमा गरिएको छ ।अल्डरशट ग्रोसनभर रोडको ११० नंमा नवदुर्गा भरि विहान ८ देखि १० बजे सम्म र बेलुका ६:३० देखि ८:३० सम्म दैनिक पूजा आरती हुने आयोजक शिव कल्चरल सेण्टरले जानकारी गराएकको छ । सन् २००६ बाट प्रत्येक बर्ष आयोजना हुँ आएको यो कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिने सेण्टरकको योजना रहेछ । यस वर्षकको दैनिक पूजा अर्चना पण्डित दधिराम काफ्लेले र कर्ता सूर्य उपाध्याय, ईन्द्र शर्मा, हरी भट्टराई र विक्रम भट्टराईले गरेका छन् । नवदुर्गाको कालरात्रि अष्ठमी १२ अक्टोबर शनिवारका दिन विशेष पूजा कार्यक्रमको आयोजना गरिएको छ । नवदुर्गा पूजापछि दशमीका दिनमा विहान ८ देखि १२ बजे सम्म सम्पूर्ण भक्तजनलाई पण्डितबाट टीका जमरा वितरण गरी कार्यक्रमको विसर्जन हुने छ ।
प्रतिक्रिया