लण्डन – एक जना धोकबाज पतिले आफ्नै पत्निलाई स्टेयरकेशबाट धक्का दिएर मारेको समाचार वोर्सेस्टर क्राउनकोटबाट थाह लागेको छ । पतिले पत्निलाई मारेपछि आफ्नो करतुत लुकाउनको लागि एउटा भेक्यूम क्लिनर मसिन मृतकको छेउमा राखेर मसिनको डोरीबाट अल्झेर दुर्घट्नामा परेकी भन्ने भ्रमपार्ने कोशिस गरेका रहेछन् । तीन जनाकी आमा, ३२ वर्षिय लुईजले आफ्नो बच्चाहरु पढ्ने स्कुलकी सहायक शिक्षिकासंग पतिको अवैध सम्बन्ध रहेको जानकारी थाह पाएकी थिईन् । सोही अवैध सम्बन्धको कारणबाट पतिले आफ्नै पत्निलाई मारेको ठहर ज्यूरीबाट थाह भएको जानकारी दिएको छ । यस मुद्धाका वकिल जोनस हन्कीनका अनुसार अलानले पत्नि स्टेयरकेशमा लडेर दुर्घट्ना हुँदा आफू सुतिरहेको थियो भन्नेकुरा प्रहरीको प्रारम्भिक सोधपुछमा बताएका रहेछन् । मृतकको शारीरिक परिक्षण गर्दा स्टेयरकेशबाट लड्दा मृतक तत्काल नमरेकी र केहिबेरसम्मा भुईमा लडिरहेकी अवस्थामा थिईन् भनेको छ । मुद्धाका विपक्षी वकिलहरुले आरोपीलाई उनले उचालेर माथिबाट तल फालेको वा माथिबाट धक्का दिएर लडाएको हुनुपर्छ भनेर जिकिरमा सफाई पेश गरेका छन् । मृतक तत्काल नमर्दा उनी तल झरेर मृतकको श्वासनली बन्द गरेर मारेका हुन् भनेर सफाई दिएका छन् । मृतक मरीसके पश्चात उनले भेक्यूम राखेर कानूनबाट बच्न अरुलाई गुमराह गरेका हुन् भनेका छन् । उनले अवैध सम्बन्ध राखेका महिला, अन्दाजी ३० वर्षकी अमान्दा चादविकसंगको हजारौ ट्याक्स म्यासेजहरु अदानप्रदान भएको प्रमाण मुद्धाको ज्युरीटिमलाई प्राप्त भएको कुरा ज्युरीटिमले अदालतलाई जानकारी दिएको छ । ट्याक्स म्यासेजहरुमा यौनसम्पर्कका कुराहरु समेत फेला पारेको छ । पत्निलाई यसकुराको जानकारी भएपछि भ्रम पार्ने खालका, महिलासंग सम्बन्ध नरहेको बोध गर्ने ट्याक्स म्यासेजहरुपनि प्राप्त गरेको छ । पत्निको मृत्यु पश्चात अलानले त्यस महिलालाई किडरमिनिस्टर, वोर्सेस्टर स्थित आफ्नै घरमा ल्याएर सम्बन्ध राखेका कुरा पनि पुष्टि भएको छ । तर, अलानले आफूले पत्निलाई मारेको कुरा स्वीकार गरेका छैनन् । वोर्सेस्टर क्राउनकोर्टमा यो मुद्धा अझ चलिरहेको छ ।
प्रतिक्रिया