लण्डन । अक्टोवर १९ देखि २२ सम्म काठमाण्डौंमा हुने विश्व सम्मेलनमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषदका सदस्य विश्वआर्दश पंडितले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । पंडितले गैरआवासीय नेपाली संघ यूकेमा ६ बर्षदेखि सल्लाहाकारको भूमिका निर्वाह गर्दै आएका छन् । पंडितले सम्पूर्ण एनआरएनको हितमा आफुले काम गर्ने बताउँदै नेपालमा लगानी, विदेशमा नेपाली सांस्कृतिको प्रर्वधन, एनआरएनएको स्थाइयीत्व, नेपाली नागरिकताको बचाऊ लगाएका मुद्धालाई सशक्त बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
संसारभरि छरिएर रहेका धेरै साथीहरुको आग्रहपछि आफ्नो अनुभवलाई गैरआवासीय नेपालीको हितका लागि सदुपयोग गर्न सकिन्छ भन्ने उदेश्यले आफूले उम्मेदवारी घोषणा गरेको पंडितले बताए । उनले भने -अहिले गैरआवासीय नेपाली संघ भित्र संस्थागत र बैधानिक विचलन आएको देखिएको छ । विधिबिधानलाई नमानेर जे गरे पनि हुन्छ भन्ने मनोविज्ञानको विकास भएको छ त्यसले संस्थालाई कमजोर बनाउँछ त्यसैले मैले जिम्मेवारी पाएमा त्यस्तो विचलन हुन दिने छैन।
उनले विदेशमा बस्ने नेपालीको नागरिकता खोसिएकोमा दुस्ख मनाऊ गर्दै नागरिकताको निरन्तरताका लागि नेपालका राजनैतिक दलहरु तथा संबिधानसभा सदस्यहरुसंग नजिक रहेर काम गर्न उच्चस्तरीय कार्यदल तयार गरी नागरिकता बचाऊ अभियानलाई निष्कर्षमा लगेर छोड्ने बताए । विश्वसम्मेलनलाई नेपाल तथा विश्वभरि छरिएका नेपालीहरुले निकैं चासो दिएर हेरेको बताउँदै उनले अगामी नेतृत्व सहमतिका आधारमा चयन हुने विश्वास ब्यक्त गरे, पंडितको विश्वभर रहेका नेपालीबीच आफ्नै शसक्त संजालसमेत रहेको बताइन्छ । पछिल्लो समयमा एनआरएन यूकेमा देखिएको विवाद मिलाउनसमेत उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।-मे.स.
प्रतिक्रिया