विश्व भ्रमण ए देखि जेड्सम्म

विश्व भ्रमण ए देखि जेड्सम्म


james asquithलण्डन – एक जना २४ वर्षिय बेलायती, जेम्स आसक्वीथले हालै १९६ वटा राष्ट्रहरुको भ्रमण गरेर सबैभन्दा कान्छो उमेरका विश्व भ्रमण गरेर किर्तिमान कायम गरेको कुरा प्रकाशमा आएको छ । अफगनिस्तानको युद्धग्रस्त क्षेत्रदेखि जिम्बाब्वेका घना जंगलसम्मको छुट्टीका फोटो एलबमहरु मार्फत आफूले भ्रमण गरेका मुलुकहरु बारे बेलायतका स्नेभेनेज निवासी जेम्सले् भ्रमण गरेका कुराहरु लण्डनको दैनिकी मेट्रोलाई बताएका छन् । विश्व भ्रमण गरेको ए देखी जेड्सम्मका तस्वीरहरु आफै बोल्छ उनी भन्छन् । जेम्सले आफ्नो विश्व यात्रा सन् २००८सालमा भियतनामबाट थालेका थिए । इजिप्ट गृहयुद्धमा मुछिएर अशान्त रहेको बेलामा उनले ईजिप्ट भ्रमण गरे पश्चात उनीभित्रको विश्वको प्रत्येक राष्ट्र भ्रमण गर्ने किरो सल्बलाउन थालेको कुरा उनी भन्छन् । जेम्सले भ्रमण गरेका प्रायः देशहरुमा ती देशहरु अशान्त अथवा कुनै न कुनै बाधा अड्चनहरु देशले भोगीरहेको बेलामा भ्रमण गरेका कुरा बताउँछन् उनी । लिबियामा कर्नल गद्धाफीको पतन अर्थात मृत्यु भएको तीन हप्ताह पछि भ्रमण गरेका थिए र अफगनिस्तानको मजारे शरिफमा आतङ्कवादीहरुद्वारा बम विस्फोटन् गरेको २ हप्ताहपछि उनले भ्रमण गरेका कुरा बताउँछन् । तर, प्रायःजसो त्यहाँका स्थानीय वासिन्दहरुले उनलाई ती देशहरु भ्रमण गर्दा गाईड गरेको कुरा उनले बताएका छन् । आफ्नो भ्रमणको दौरान् उनले सबैभन्दा लामो भ्रमण अफ्रिकाको भ्रमण ६ महिना लागेको कुरा उनले भनेका छन् । सेनेगालबाट शुरु गरेको भ्रमणमा कतिपय अवस्थामा एकै पटक तीनवटा राष्ट्रहरुसम्म छिचोलेका कुरा उनी उद्धृत गर्छन् । उनले यस भ्रमणको कुल खर्च एक लाख पच्चीस हजार पाउण्ड लागेको बताएका छन् । यो रकम उनलाई विश्वविद्यालय कोषबाट तथा विदाको दिनहरुमा काम गरेर प्राप्त गरेको रकम थियो । अझ उनको भ्रमण अन्टरटिकाको भ्रमण बिना पुरा हुने छैन भनेर उनले व्यक्त गरेका छन् ।