‘वर्तमान सरकार समृद्धिको नारामा मात्र सीमित’

‘वर्तमान सरकार समृद्धिको नारामा मात्र सीमित’


नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले समृद्ध नेपाल निर्माणमा सहकार्य आवश्यक रहेको बताएका छन् ।

‘समृद्ध नेपाल निर्माणको लागि सहमति सहकार्य आवश्यक छ, त्यसतर्फ ध्यान दिनुपर्छ’, उनले भने । उनले राम्रो कामलाई काङ्ग्रेसले सधैँ साथ दिने भन्दै जनताको हित हुने कार्यक्रममा विमति कहिले नहुने बताए । काङ्ग्रेसका जिल्ला सदस्य गोपालराज शर्माको आमा पूर्णकुमारी उपाध्यायको १३औँ दिनको पुण्य तिथिमा नेपाली काङ्ग्रेस घोराही उपमहानगरपालिका– ६ ले आयोजना गरेको श्रद्धाञ्जलिसभामा उनले सो कुरा बताएका हुन् ।

नेता बस्नेतले सरकारलाई समृद्धिको नारामा मात्र सीमित नभई काम गर्न आग्रह गरे । ‘अहिलेको सरकारले समृद्धिको कुरा धेरै गरेको छ तर काम भने सोअनुसार गर्न सकेको छैन’, उनले भने ।