लण्डन – बेलायतमा यौन शोषण काम गर्ने स्थानहरुमा झन बढि रहेको तथ्य प्रकाशमा आएको छ । आफ्नै पुरुष सहकर्मचारीहरुबाट तथा कम्पनीका बोसहरुद्वारा ६० प्रत्तिशत महिलाहरुलाई यौन दुरव्यवहार गरिएको कुरा एउटा सर्वेक्षणबाट थाह लागेको छ । एक चौथाई महिला कर्मचारीहरुले आफूमाथि गरिएको यौन दुरव्यवहार अथवा यौन शोषणलाई आफैभित्र दबाएर राख्छन् वा आफूभन्दा माथिल्लो तहका वरिष्ठ कर्मचारीद्वारा आफूमाथि गर्ने यौन व्यवहारलाई चुप बसेर सहन्छन् । तर, २७ प्रत्तिशत शिकार भएका महिलाहरुले भने बोसहरुको विरुद्ध अवाज उठाएको सर्वेक्षणले जनाएको छ । स्लेटर एण्ड गोर्डनकी वकिल क्ल्याएर डाउसन् जसलाई सर्वेक्षणका लागि प्राधिकार द्रिइएको थियो, उनले यस सर्वेक्षणलाई प्रकाश पार्नेक्रममा कर्मचारीहरुको काम गर्ने स्थानहरुमा हुँदै आएको केहि एकदमै गम्भिर देख्ने खालका दुरव्यवहारका घट्नाहरुलाई समाधान गर्ने प्रक्रियामा जान्छौ तर यस्ता सबैतिर थाहलाग्ने विषयबाट शिकार भएका कतिपय महिलाहरुले यौन दुव्र्यवहारबारे मुख नखोलेको देख्दा ताज्जुब लाग्ने कुरा बताएकी छिन् । उनले अघि, “हामी अहिले एक्काईसौं शताब्दिमा छौ र पनि यस्ता दुरव्यवहार सम्बन्बि राम्रो सम्बोधन नभएको बुझिन्छ जुनकुरा एकदमै सह्या छैन, महिलाहरुलाई विपरित लिङ्गीहरुबाट अनावश्यक र नचाहिने दुरव्यवहार रहित काममा जाने अधिकार छ” भनेर थपेकी थिईन् । उनका अनुसार दुरव्यवहारको शिकार भएकी महिलाले राम्रो न्याय समेत नपाएको खुलासा गरेकी छिन् । उनका फारमले एक हजार छत्तीस जना महिला कामदारहरुलाई सोधपुछ गरेर अनुसन्धान गरेका थियो । यस अभियानमा दुई तिहाई महिलाहरु दुरव्यवहारको शिकार भएको कुरा साम्ने आएको थियो । विशेष गरि विवाहित पुरुषहरुले महिलाहरुलाई लक्षित गरेको कुरा प्राप्त भएको थियो । यस्ता दुरव्यवहार गरिने आम स्थलहरु प्रायः करिडरहरु, कार्यलयमा पार्टी भएको बेला, महिलाको डेस्क, लिफ्टभित्र अथवा अबेर रातीसम्म काम गर्ने महिलाहरुलाई लक्ष्य गर्ने कुरा थाह लागेको छ ।
प्रतिक्रिया