गत शनिवार बेलायतको स्वीन्डन शहरमा, २६ अक्टोबर साझ ६.३० बजे स्वीन्डन पार्क साउथ कम्युनिटि भवनमा नेपाली सिनेमा 9 O’CLOCK सफलताका साथ देखाइयो | नेपाली कला र संस्कृतिको जगेर्ना गर्नु पर्दछ साथै नेपाली कलाकारहरुको मनोबल उठाउनु पर्दछ भन्ने हेतुले उक्त सिनेमा परोपकारी कार्यका लागि देखाइएको थियो | सिनेमा सन्देशमुलक साथै मनोरन्जनात्मक थियो | धन सम्पति तथा मोजमस्तीको लोभमा मानिसहरु कसरी फँस्दछन् र त्यसको अन्तिम परिणाम के हुन्छ भन्ने स्पस्ट सन्देश दिनुका साथै कल्याणकारी काम गरेर आत्म सन्तोष तथा दुःखीहरुको भलाइ गर्न सकिन्छ भन्ने परोपकारी सन्देश उक्त सिनेमाले दिएको छ | आर्यन फिल्म्सको व्यानरा रमेश संवेदनाले निर्माण, प्रकाश पुरीको कथा र बाबुराम ढकाल निर्देशन गरेको यो फिल्मको नायक ध्रुब दत्त, नायिका सुमिना घिमिरे छन् । यो फिल्मलाई रामशरण उप्रेतीले खिचेका हुन् भने सम्पादन विपिन मल्लले गरेका हुन् |
कार्यक्रममा नायक ध्रुब दत्त र उनको श्रीमती रत्न लम्गादेलाई खादा लगायरा साम्मन गरिएको थियो | उक्त सिने प्रदर्शन बाट उठेको केही रकम नेपाली भवन निर्माण( NAW) तथा दार्चुलाका बाढी पीडितहरुलाई दिइने छ |
-Sweenden
प्रतिक्रिया