लण्डन – बेलायतको बीसवटा विश्वविद्यालय तथा कलेजहरुका समुहले पहिलो पटक विद्यार्थीहरुको परिक्षाफल पहिलो, दोश्रो र तेश्रो दर्जाको डिग्री पद्धतीमा परिक्षाफल दिने प्रचलनको सट्टामा अमेरिकी कायदाबाट ग्रेड प्वाईन्ट दिने शैक्षिक संस्थानहरु बन्ने छन् भन्ने कुरा प्रकाशमा आएको छ । अहिलेको बेलायती शिक्षा पद्धतीमा धेरै बोदोपन्को भय रहेकोलेगर्दा प्रथम पटक बर्मिङ्गहाम, एडिनबर्ग र लीडस्का शैक्षिक संस्थान्हरु समेत संलग्न गरि अमेरिकी शैलीका शिक्षा पद्धतीमा बीसवटा शैक्षिक संस्थानहरुका परिक्षाफलहरुमा परिवर्तन गर्नेकुरा शुरु गर्न थालिएको हो । डिग्रीको अध्ययनमा अन्डरग्रेजुएटहरुलाई डिग्रीको अध्ययनभरिका लागि शुन्यदेखि चार दशमलव पच्चीस अङ्कसम्मको हिसाबमा ग्रेड प्रदान गरिनेछ । डिग्रीको अन्तमा उनिहरुको औसतन् ग्रेड प्वाईन्ट दुई दशमलव माथिको स्थानसम्म दिईनेछ । तीन दशमलव पच्चहत्तरको औसत प्वाईन्टले प्रथमतहको तल्लो स्तर बराबर हुनेछ, तीन दशमलव पचासले २ः१को औसत र प्वाईन्ट दुईले तेश्रो दर्जा मानिनेछ भनेर देखाएको छ । शिक्षा प्रबर्धन गर्नका लागि सञ्चालन गरिएको एउटा च्यारिटी संस्था, उच्च शिक्षा अकादमीले विश्वविद्यालयहरुको शैक्षिक गुणस्तरलाई बढावा दिनको लागि यो स्किम परिक्षणका लागि सञ्चालन गरिंदैछ । यो ग्रेड प्वाईन्ट पद्धती हाल रहेको पद्धतीसंग समानान्तर हिसाबमा चालु राखिनेछ वा डिग्रीमा अनर्स गरिने पद्धतीको सट्टा साथ साथै परिचालन गरिनेछ । आज ईभिनिङ स्टयाण्डर्डमा प्रकाशित स्तम्भकार अन्ना डेभिसका अनुसार यो शिघ्र लागु हुने कुरा जनाएका छन् ।
प्रतिक्रिया