लण्डन – हिजो शनिवार, २ नोभेम्बर २०१३को दिन, दिउँसो एकबजे देखि बेलुकि राती नौबजेसम्म दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डन, समाजले देउसीभैलो चार्लटन क्षेत्रदेखि तीनदिनसम्म खेल्ने कार्यक्रम शुरु गरेको छ । प्रत्येक वर्ष खेलिने देउँसीभैलो कार्यक्रमको मूल उद्धेश्य सामुदायिक भवन निर्माणका लागि चन्दा सङकलन गर्ने रहेको छ । झण्डै चालीस जनाको विशाल समुहलाई सामुदायिक भवनका संयोजक श्रीचन्द्र गुरुङ लगायत समाजका पदाधिकारीहरु, सल्लाहकारहरु र सदस्यहरु सहभागी भएर अत्यन्त रमाइलो गरेका थिए । मौसमले साथ दिएको थियो । नेपाली सङ्गीत मादलको धूनमा देउँसीभैलो भट्टयाउँदै, गीत गाउँदै र नाच्दै नेपालीहरुको घरदैलोमा गएर देउँसीभैलो खेल्दा प्रवासमा रहेता पनि हिजो दिनभरिका लागि हामी नेपाल मै रहेको अनुभूति सबैले गरेका थिए । विशुद्ध नेपाली संस्कृति, परम्परा र नेपाली समाजको मौलिकतालाई हृदयम्गम गरि चाडपर्व मनाउनु भनेको हामीले आफ्नै नेपाली मौलिकतालाई प्रबर्धन गर्दै नेपाली समाजको आस्थालाई विकाश गरेको रहन्छ । युवाहरुदेखि अस्सीवर्ष नाघेका वृद्धवृद्धाहरु हिजोको देउँसीभैलोमा रमाउँदै गाउँदै नाचेका थिए । पोहोरदेखि हालसमम्म खेलेको देउँसीभैलोमा मात्र पन्द्रहबीस हजार जति रकम सङ्कलित भईसकेको छ । विगत तीनवर्षको चन्दा सङ्कलन प्रयासबाट अहिले एकलाख तीस हजार पाउण्ड जति समाज भवन निर्माणकालगि उठिसकेको छ । अझ निकै बढि रकमको आवश्यकता रहेकोले समाजका सबैजना लक्ष्य प्राप्तिका लागि अग्रसर देखिन्छ । जहाँ चाह वहाँ राह भनेझै मानिसले अठोट गरे कुनेपनि काम असम्भव हँुदैन । यीनै कार्यक्रमहरुको माध्यमबाट तथा बेलायतलाई कर्मभूमी बनाएका बेलायती नेपालीहरुको आफ्नो समाज र नेपालित्व प्रत्तिको चासोलाई देख्दा हामी नेपाली विश्वको कुनै कुनामा गएता पनि हामी आफ्नो मौलिक परम्परालाई भुल्न सक्दैनौ र सङ्रक्षण गर्न सक्छौ भन्ने सन्देश प्राप्त हुन्छ । यो भैलो कार्यक्रम तीहारभरि खेलिनेछ ।
प्रतिक्रिया