विष पचाउने सूपर मुसाहरु विगविगती

विष पचाउने सूपर मुसाहरु विगविगती


Yawning fancy rat
लण्डन – विशेषज्ञहरुले नित्य मुसा मार्ने विषद्वारा मुसाहरु मर्न नसकिने तथ्य प्रकाश पारेका छन् । यी सुपर मुसाहरुले मुसा मार्न राखेका विषदेखि जेपनि पचाउन सक्ने भएका छन् । अहिले यी मुसाहरु बेलायत भरी फैलिन थालेका छन् । यी देख्नमा सामन्य देखिने मुसाहरुले विषयुक्त पेलेटहरु चपाएर खाना खाएजस्तै खाएर केहि असर नभएको कुरा सबैभन्दा पहिले केन्टमा देखा परेको थियो, पछि देशको पश्चिमी भागमा र ससेक्समा अहिले व्यापक रुपमा देखा पर्न थालेको छ । ब्रिटिश पेस्ट कन्ट्रोल एसोसिएशनका रिचार्ड मोस्लेले मेट्रोलाई, “साधरण मुसाहरु विष सेवन गरेपछि मर्दछन्, तर, यी विष पचाउन सक्ने मुसाहरुले ती साधरण मुसाहरुको स्थान लिन थालेपछि प्राकृत्तिक रुपमा असाधरण हिसाबले सङ्ख्या बृद्धि भएर गई रहेका छन्” भनेर उद्धृत गरेका छन् । विषलाई खानाका लागि राखिएको अन्न सरह यी मुसाहरु खान्छन् । यतिबेला बेलायतमा डेढ करोड जति मुसाहरु छन् र एकदमै तिव्ररुपमा मुसाहरुको सङ्ख्या बढ्दै गईरहेको छ । एक्काईस दिनभित्र गर्भभित्रको मुसा जन्मन्छ । एउटा माउ मुसाले एक पटकमा १४ वटासम्म बच्चाहरु जन्माउँछ । एउटा मुसाको जोडीले दुईवर्षभित्र आठसय मुसाहरु जन्माउँछन् । यस क्षेत्रका अनुसन्धानकर्ताहरुका अनुसार विगत पचासवर्ष देखि विष पचाउने मुसाहरुको विगविगी रहेको कुरा प्रकाश पारेका छन् । युनिभर्सिटी अफ हडर्सफिल्डका अनुसन्धानकर्ताहरुले ससेक्स्मा पहिलो चोटी पत्ता लगाएका हुन् । स्मरण रहोस प्लेग बीमारी मुसाहरुबाट फैलिन्छ ।