छुरा प्रहार गरी परिवार सखाप

छुरा प्रहार गरी परिवार सखाप


ding's familyलण्डन – अप्रिल २०११मा सम्पन्न भएको बेलायती राजकुमार विलियम र क्याट मिडल्टनका वैवाहिक सुत्रमा गाँसेको दिन बेलायतमा एउटा विभत्स हत्यकाण्ड भएको समाचार प्रकाशमा आएको छ । हिजो अदालतमा हत्यकाण्डको मुद्धाबारे ज्यूरीहरुको निर्णयबाट फैसला सुनाउँदा एकै परिवारको चार जना सदस्यको निर्मम हत्या भएको कुरा जानकारीमा आएको छ । चिनियाँ परिवार दिङ दम्पति र उनिहरुका दुई जना छोरीहरुलाई छुरा प्रहार गरेर ५४ वर्षीय अङजियाङ दूले मारेको कुरा अदालतको सुनवाईमा भनेको थियो । जिफेङ दिङ र अङ्जियाङ दू दुई जना विगतमा बिजनेस पार्टनर थिए, तर, व्यापारमा उनिहरुबीच तालमेल नभएपछि झगडा परेछ । त्यसपछि अदालतमा लामो समयसम्म मुद्धा लड्दा अन्तिममा जिफेङको पक्षामा अदालतले फैसला दिएको रहेछ । अङ्जियाङ्ले जिफेङलाई ८८ हजार पाउण्डजरिमाना तिर्नु पर्ने फैसला अदालतले सुनाएको रहेछ । लामो अदालती युद्धपछि मुद्धा हारेर ठूलो रकम तिर्नुपर्ने अङ्जियाङ् रिसले चूर भएर बदला लिनेक्रममा उनले जिफेङकै घरमा गएर चार जनालाई छुरा प्रहार गरेर मारेका रहेछन् । घट्नाको दिनमा अङ्जियाङ्ले पहिले जिफेङलाई किचनमा छुराले २३ पल्ट प्रहार गरेपछि उनकी पत्नि ग छुईलाई १३ पटक छुरा प्रहार गरेका थिए । त्यसपछि किचनबाट अङ्जियाङ् घरको माथिल्लो तल्लामा गएर जिफेङका १८ वर्षीय छोरी न्यान्सी र १२ वर्षीय एलिसलाई नमरुन्जेल छुरा प्रहार गरेर हत्या गरेका थिए । यो हत्यकाण्ड चलिरहेको बेलामा एक जना छोरीले साढे तीन बजे बिहानीपख ९९९ डायल गरेर प्रहरीलाई फोन् गरेका रहेछन्, तर, घटनस्थलसम्म प्रहरी पुग्दा सबै मरीसकेका थिए । यो घट्ना नर्दम्पटन स्थित जिफेङको घरमा २९ अप्रिल २०११को दिनमा घटेको हो । अङ्जियाङ दू चिनियाँ पद्धतीको चिकित्सक हुन् । व्यापार बिग्रेपछिको झगडाको कारणबाट चार जनाले ज्यान गुमाउनु पर्यो । क्राउनकोर्टमा मुद्धा चलिरहेको छ ।