भूपू गुर्खाको भोक हडताल आज दशौं दिन

भूपू गुर्खाको भोक हडताल आज दशौं दिन


gyan-raiलण्डन- भूपू गोर्खा आमरण अनसन बसेको १० दिन बितिसकेको छ । अझैसम्म बेलायत सरकारले कुनै प्रतिक्रिया जनाएको छैन र सोबारे स्थानीय मुख्य समाचारपत्रहरुमा केही छापिएको पनि छैन । भूतपूर्व गोर्खाको तर्फबाट ज्ञानराज राई गत नोभेम्बर ७ देखि प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटअगाडि आमरण अनसन बसेका छन्।
अनसनमा बसेका भूपू गोर्खा आन्दोलनका संयोजक राईको स्वाथ्यस्थिति नाजुक बन्दै गएको छ। उनी पानीमात्र खाएर अनसन बसेका छन्। बेलायत सरकारले गोर्खाको माग पूरा गर्न लिखित प्रतिबद्धता नजाएसम्म आमरण अनसनबाट पछि नहट्ने बरु मर्न तयार रहेको राईले बताएका छन्।
बेलायतका उपप्रधानमन्त्री निक क्लाकलाई अनसनबारे जानकारी गराएको नेपाली दूताबासले जानकारीदिएको भए तापनि बेलायती सरकारले आफ्नो नाकैअगाडि आमरण अनसनमा बसेको स्थितिलाई नजरअन्दाज गरेको लाग्दछ। बेलायती सैनिकसरह समान पेन्सन, १८ वर्ष नाघेका आफ्ना सन्तानलाई पनि आवासीय सुविधा, निःशुल्क औधोपचार, समान पेन्सन, क्षतिपूतिलगायत विभिन्न पाँच सुत्रीय माग राखी राई आमरण अनसनमा बसेका हुन्। भूपू गोर्खाहरुले नोभेम्बर १९ तारिख मंगलवार बेलायती प्रधानमन्त्री कार्यालय अगाडि आमसभा गर्ने भएका छन्।