लण्डन – तमुधिं यूकेको वार्षिक साधरण सभा हिजो, १७ नोभेम्बर २०१३ मिचेट, बेलायत स्थित तमुधिं भवनमा सफलताको साथ सम्पन्न भएको छ । बिहान साढे एघारा बजेदेखि शुरु भएको वार्षिक साधरण सभा साँझ आठबजेतिरमात्र समापन भएको थियो । बेलायतमा अन्दाजी पैतीस देखि चालीस हजारसम्मको सङ्ख्या रहेको तमु समुदाय बेलायत भरी छरिएर बसेका छन् । तमुधिं यूकेको बेलायतभरी सातवटा ईकाईहरु छन् यस संस्थामा अहिलेसम्म ४७० जना आजिवन सदस्यहरु रहेका छन् भने दशौ हजार साधरण सदस्यहरु छन । तमुधिं यूकेको वर्तमान अध्यक्ष कमल गुरुङको अध्यक्षतामा सम्पन्न साधरण सभालाई संस्थाका महासचिव नन्दजंग लेम तमुले सञ्चालन गरेका थिए । संस्थाका संस्थापक अध्यक्ष मिन गुरुङ र अध्यक्ष कमल गुरुङ द्वारा द्वीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रमलाई संस्थाका उपाध्यक्ष रामचन्द्र गुरुङ (सुर्जे)ले स्वागत मन्तव्य प्रकट गरेका थिए । यस कार्यक्रममा सातवटै तमुधिं ईकाईहरुबाट अध्यक्षहरु, सल्लाहकारहरु, कार्यकारी समितिका सदस्यहरु, सञ्चारकर्मीहरु, तमुधिं यूकेका सल्लाहकारहरु, पदाधिकारीहरु, सदस्यहरु र तमुधिं यूकेका आमा समुहको बाकलो उपस्थिति रहेको थियो । कार्यक्रमलाई संस्थापक अध्यक्ष मिन गुरुङ, पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङ तथा पूर्वअध्यक्ष मुछेत्र गुरुङले शुभकामना मन्तव्य प्रकट गर्र्दै सम्बोधन गरेका थिए । कार्यक्रममा सामन्य अवरोध पश्चात पूर्ण सफलताका साथ सम्पन्न भएको थियो । यसै कार्यक्रमको दौरान यसवर्षमा समाजलाई उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरुलाई समाजको अध्यक्ष द्वारा खादा ओढाएर सम्मान गरेका थिए । महासचिव नन्दजंग गुरुङले शुरुमा आफ्नो प्रत्तिवेदन प्रस्तुत गरेका थिए । हलले उनको प्रत्तिवेदनलाई तत्काल अनुमोदन गरेर पारित गर्यो तर कोषाध्यक्ष मेजर बुद्धि गुरुङको प्रत्तिवेदन उपर बृहत छलफल भएको थियो । हलबाट संस्थाका सल्लाहकार मेजर खुशीमान गुरुङ तथा सल्लाहकार सुमल कुमार गुरुङले उठाएको टिप्पणी माथि अनुमोदन गरेर प्रत्तिवेदनलाई हलले पारित गरेको थियो । प्रत्येक प्रत्तिवेदनहरुमाथि टिप्पणीकार (कमेन्टेटर)हरु, बौद्धिक क्षेत्रमा आबद्ध व्यक्तित्वहरुलाई कार्यकारी समितिले पहिल्येनै नियुक्त गरिएको थियो । कमेन्टेटरहरुबाट प्रस्तुत प्रत्तिवेदनको टिप्पणीमाथि हलले छलफल गरेर प्रत्तिवेदनहरु पारित गरिएको थियो । सबै भन्दा लामो छलफल संस्थाको विधान माथि रहेको थियो । विधान मस्यौदा कमिटीमा समितिका सल्लाहकारहरु क्रमशः भक्त गुरुङ, हरीकाजी गुुरुङ तथा एकेन्द्र गुरुङ थिए भने विधानको टिप्पणीकारमा पूर्व एनआरएन अध्यक्ष, सुर्य गुरुङ, सल्लाहकार सुमल कुमार गुरुङ र सल्लाहकार केश बहादुर गुरुङ थिए । झण्डै दुई घण्टाको बृहत छलफलपछि विशेष संशोधनहरु सहित संस्थाका विधानको पाँचौ संशोधन पारित भएको थियो । त्यसपछि सातवटा ईकाईहरुको प्रत्तिवेदन अवेर साँझसम्म चलिरहेको थियो । तमुधिं यूके जस्ता ठूलो समाजको लागि एकदिने वार्षिक साधरण सभा पर्याप्त नहुने महशुस सहभागीहरुले गरेका थिए । अन्तमा अध्यक्षको धन्यवाद ज्ञापनपछि वाषर््िाक साधरण सभा समापन भएको थियो ।
प्रतिक्रिया