लण्डन । एकाउन्न वर्षका प्याट्रिक रैडलाई आफ्नो घरमा, आखिरको अर्थात् चौथो पटकको चोरीपछि ६८ वर्षीया मार्गारेट वूडवार्ड जेल पठाउन सफल भएकी छिन् । स्थानीय पुलिसले जडान गरिदिएको गोप्य क्यामेराको सहयोगले उक्त वृद्धले प्याट्रिकको गोप्यता भंग गर्दै उनलाई पक्रिन सफल भएकी हुन् ।
एक वर्षको अवधिमा मार्गारेटको घरमा बाराम्बार चोरी भइरहेको र बाराम्बार पुलिसलाई खबर गरे पनि चोरलाई समात्न सफल नभएकोले आखिरमा पुलिसले गोप्य क्यामेराको सहयोग लिएका थिए । सोफामा टीभी हेर्दाहेर्दै निदाएकी मार्गारेट एक रात अचानक व्युरीमा प्याट्रिकलाई देख्छिन्, मार्गारेटलाई देखेपछि झ्यालबाट भाग्न सफल भए पनि उनलाई केही पर पुलिसहरुले पक्रेका थिए । उनलाई चार वर्ष आठ महिनाको जेल सजायँ भएको छ ।
चोरीको पछिल्लो घटनाको भीडीयो हेर्दै निराश भई मार्गारेट भन्दछिन् -आफ्नो घरको आफ्नो बेड रुममा मस्तसँग सुतिरहँदा पनि कसैले छुनसक्ने, मार्न सक्ने डर हुने भए घर आफ्नो घर लाग्दैन, त्यो मलाई भइरहेको छ । घटना यही साल जुन महिनामा यूकेको डर्बीसायरमा भएको हो र चोर प्याट्रिक रैडलाई हिजो मात्र उक्त सजायँ सुनाइएको हो । ६८ वर्षीया मार्गारेटलाई पन्ध्र सय पाउण्ड राशीको वीरताको पुरस्कार दिइएको छ ।
[youtube]http://www.youtube.com/watch?v=kpvYbsANlP8[/youtube]
-श्रोत नेट
प्रतिक्रिया