आजको पञ्चाङ्ग एवम् राशिफल (१४ वैशाख २०७५ शनिबार, २७ अप्रिल २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (१४ वैशाख २०७५ शनिबार, २७ अप्रिल २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परमहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्री सूर्योत्तरायणे श्रीशाके १९४१ नेपाल सं. ११३९ वसन्त ऋतु वि.सं. २०७६ वैशाख १४ गते शनिबार तद्अनुसार सन् २०१९ अप्रिल २७ तारिख बैशाख कृष्णपक्ष अष्टमी तिथि १७ः५५ पर नवमी तिथि श्रवण नक्षत्र शुभ योग कौलव करण १७ः५५ पर तैतिल करण आनन्दादिमा स्थिर योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय विहान ५ः३१ मा भयो र सूर्यास्त साँझ १८ः३४ मा हुनेछ । गोरखकाली पूजा । शुभ समय अभिजित ११ः३५ देखि १२ः२८ । राहु काल–८ः४५ देखि १०ः२३ ,दिशा शूल– पूर्व ।

आजको राशिफल

मेष राशि – ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला । खेलकुद र भ्रमणमा आकर्षण बढ्ला । बोली र व्यक्तित्वको प्रभावमा वृद्धि होला । आफूतिर अरुलाई तान्ने क्षमता बढ्नेछ । सुख–सुविधासित सम्बन्धित काम बन्नुको साथै वार्तामा पनि सफलता मिल्नेछ । धरको सुख–शान्ति बढ्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । मान पुरस्कार पाइनेछ । व्यवसायिक क्षेत्रमा नयाँ सफलता प्राप्त होला । मनोकूलको काम बन्नेछ । आरोग्यता बढ्नेछ । रसरागप्रति आकर्षण बढ्नेछ ।

बृष राशि – शुभ काममा सफलता प्राप्त होला । इष्टमित्र सुख सन्तति बढ्लान् । आयस्रोत बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक क्षमता बढ्ला । दूरदेशबाट शुभ समाचार प्राप्त होला । सुख समृद्धि आरोग्यता बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । मान सम्मान बढ्ला । विजय मिल्नेछ । सौर्य बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्ला । धर्मकर्ममा रुचि बढ्ला ।

मिथुन राशि – नियम–कानूनलाई ध्यानमा राख्नुपर्ला । स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्ला । हांसविलासमा आकर्षण बढ्नेछ । जोखिममा नपर्नु हितकर रहला । मिठो भोजन मिल्नेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन । योजना र बजेट बनाइ काम गर्नु बेस रहला ।

कर्कट राशि – सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । आशा उत्साह बढ्नेछ । अरुको भरमा नबसी आफ्नै बल र विवेकले काम गर्नु हितकर रहला । आय स्रोत बढ्नेछ । रोकिएको धन उठ्नेछ । सुख शान्ति बढ्नेछ । पारिवारिक स्थिति पनि अनुकूल रहनेछ । यात्रा होला । धनसम्पति बढ्ला ।

सिंह राशि – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । सुख समृद्धि मिल्नेछ । समस्याको समाधान मिल्नेछ । साहसिक कार्यमा सफलता मिल्नेछ । आशा उत्साहमा बढोत्तरी हुनेछ । नयाँ सफलता मिल्नेछ । यशवर्चश्व बढ्ला । रोकिएको काम बन्नेछ । धनसम्पति बढ्नेछ । मिठो भोजन मिल्नेछ । संघर्षरत रहनुहुनेछ ।

कन्या राशि – वार्तामा सफलता मिल्नेछ । धन सम्पत्ति बढ्ला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । रसरागमा रुचि बढ्ला । यात्रा हुनेछ । मान पुरस्कार मिल्नेछ । सुख–शान्ति बढ्ला । ख्याति फैलिनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । प्रेमपात्रको माया ममता मिल्नेछ । इष्टमित्र सुख सन्तति बढ्नेछन् । मिठो भोजन मिल्नेछ ।

तुला राशि – भोगविलासमा आकर्षण बढ्नेछ । भागदौड चलिरहला । शारीरिक र आर्थिक जोखिममा नपर्नु उचित होला । नियमकानूनलाई ध्यानमा राखेर काम गर्नु हितकर रहनेछ । बजेट बनाई काम गर्नु हितकर रहला । शैक्षिक, बौद्धिक, कलात्मक, गीतसंगीत आदि कार्यमा आकर्षण बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यताप्रति सचेत रहनुपर्ला ।

वृश्चिक राशि – सुख शान्ति बढ्नेछ । अन्नधन बढ्ला । आयवृद्धि होला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । गीत–संगीतमा आकर्षण बढ्नेछ । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । रसरागमा आकर्षण बढ्ला । यात्रापरक काम बन्नेछ । समस्याको समाधान मिल्नेछ । आशा उत्साह बढ्ला । दूरदेशबाट शुभ समाचार सुन्नुहुनेछ । इष्टमित सन्नतान सुख बढ्ला ।

धनु राशि – आरोग्यता बढ्ला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । आर्थिक उनन्ति हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पदवी भेट्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । सुख सम्पति बढ्नेछ ।

मकर राशि – यात्रामा सफलता मिल्नेछ । शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । सुख समृद्धि बढ्ला । इष्टमित्रको सहयोग मिल्नेछ । सन्तान सुख बढ्ला । मिठो भोजन मिल्नेछ । शुभ काम बन्नेछ । उन्नति–पदोन्नति हुनेछ । मान महत्व बढ्ला ।

कुम्भ राशि – चन्द्रमा बाह्रौँ स्थानमा भ्रमणशील होला, फलस्वरुप कठोर परिश्रमले काममा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । यात्रा होला । खेलकुद भ्रमणमा रुचि बढ्ला । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन । जोखिमपूर्ण कामप्रति सचेत रहनुपर्नेछ । ऐनकानूनलाई ध्यानमा राख्नुपर्ला । स्वास्थ्यप्रति सजग रहनुपर्नेछ । खर्च बढ्नेछ ।

मीन राशि – आयस्रोत बढ्ला । यात्रापरक काममा सफलता मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्ला । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्ला । आरोग्यता बढ्ला । मिठो भोजन मिल्नेछ । रोकिएको काम बन्ला । मनोकुलको काम बनेर मन प्रसन्न हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । सुख शान्ति बढ्ला । आफन्तको सहयोग प्राप्त होला । जीवनसाथीको साथ प्राप्त होला ।