बेलायतमा दशहजार बालकहरु क्यान्सर रोगी

बेलायतमा दशहजार बालकहरु क्यान्सर रोगी


Ciaran Devane chief executive of Macmillan.लण्डन – हालैको तथ्याङ्कले दर्शाए अनुसार बेलायतमा अहिले दश हजार जति बालकहरु क्यान्सर रोगी भएको पुष्टि गरेको छ । ती रोगीहरु मध्ये, आधा जति, १४ वर्ष भन्दा मुनिकाहरुलाई पाँच वर्ष पहिले नै क्यान्सर रोग भएको पत्ता लगाएको थियो । रोगीहरु मध्ये बालिकाहरुको तुलनामा बालकहरु बढि रहेको थाह लागेको छ । म्याकमिलन क्यान्सर सपोर्ट एण्ड द नेशनल क्यान्सर ईन्टेलिजेन्स् नेटवर्कका अनुसार बालककालको क्यान्सर रोग बढिमा विशेष गरि ल्यूकोमिया क्यान्सर रहेको थाह लागेको छ । त्यस विभागका चीफ एक्जेक्यूटिभ चियारन डिभेनले, “ती क्यान्सर रोग लागेका बालकहरु उपचार पश्चात निको हुने गर्छन, तर, त्यो निको भएता पनि उपचारको क्रम रोकिएको भन्ने चाँहि हुँदैन” भनेर उद्धृत गरेका छन् । अर्को एक जना विज्ञ, एनसीआईएनका क्लिनिकल प्रमुख डाक्टर माईकल पीकले, “मेरो सम्झना अनुसार विश्वमा नै पहिलो चोटि यस्ता खाले डेटा राख्न सफल भएको हो” भन्दछन् । क्यान्सर रोग लागेका बालबालिकाहरुलाई अरु रोग पनि लाग्न सक्ने सम्भावना बढि देखिन्छ र फेरी फेरी क्यान्सर रोग लाग्ने सम्भावना देखिन्छ । यसको अलावा क्यान्सर लागेका बच्चाहरुमा शारीरिक विकाश, फोक्सो र मुटूको समस्या बढि देखिने कुरा म्याकमिलन क्यान्सर सपोट संस्थाले जनाएको छ ।