सिरियाको जेलमा डाक्टरको मृत्यु

सिरियाको जेलमा डाक्टरको मृत्यु


Dr Abbasलण्डन – एकवर्ष भन्दा अधिक समयसम्म जेलमा राखेका एक जना बेलायती सार्जन मृत्यु भएको समाचार बीबीसीले जनाएको छ । साउथ लण्डनका ओर्थोपेडिक सार्जन, ३२ वर्षीय डाक्टर अब्बास खान गतवर्ष अलेप्पो स्थित सिरियाका नागरिकहरुलाई सहयोग गर्नका लागि सिरिया गएका थिए । उनका दाई अफ्रोजले बताए अनुसार सिरियाका सुरक्षाकर्मीहरुले उनलाई यसै सप्ताह रिहाई गरिने कुरा बताएका थिए तर उनलाई रिहाई गर्नु अघि उनी मृत्यु भएको समाचार दिएको कुरा भनेका छन् । विदेश विभागका प्रवक्ताले यस विषयमा अझ जानकारी लिईरहेको कुरा बताएका छन् र सम्बन्धित निकायबाट सूचना प्राप्त भएपछि मात्र सबै कुरा खुलासा हुने बताएका छन् । अफ्रोज खान विदेश विभागको रवैयाप्रति आक्रोश व्यक्त गर्दै, “मेरो भाईलाई सिरियाली सरकारले गत सप्ताहान्त रिहाई गरिने कुरामा यकिन दिलाएको थियो र उनलाई अब म रिहाई हँुदैछु भन्ने कुरा पनि थाह थियो, हामी अहिले मर्माहात भएका छौ, विदेश विभागले १३ महिनासम्म हाम्रो उजुरीलाई लत्याई रह्यो” भन्दै आफ्नो आक्रोश पोखेका छन् । विदेश विभागका एक जना प्रवक्ताले, “हामी एक जना बेलायती नागरिक मृत्यु भएको यस समाचारबाट अत्यन्तै दुःखी भएका छौ र हामी सिरियाली सरकारसंग डाक्टर खानको मृत्युको जिम्मेवारीबारे तत्काल तथ्य रिपोर्टको स्पष्टिकरण बारे माँग राख्दैछौ, हामीले रुस तथा चेकोस्लाभाकिया अनि अन्य स्रोतको माध्यमबाट पनि उनको रिहाईको विषयमा सम्बन्ध स्थापित गरीरहेका थियौ” भनेर समाचारदाताहरुलाई बताएका छन् ।