ग्रेटर रशमूर नेपाली कमिनिटिको बैठक सम्पन्न

ग्रेटर रशमूर नेपाली कमिनिटिको बैठक सम्पन्न


farnboroughफान्ब्रो ०२ जनवरी २०१४, ग्रेटर रशमूर नेपाली कमिनिटिले नवमनोनित सल्लाहाकार एवम सदस्यहरूलाई सम्मान गर्दै बिशेस बैठक सम्पन्न गरेको छ।

संस्थाका अध्यक्ष मेजर रिटार्यड टिकेन्द्र दल देवानको अध्यक्षतामा सम्पन्न उक्त बैठकको सन्चालन महासचिब रोहित गुरुङले गरेका थिए।
बैठकको पुर्बार्ध्दमा उपाध्यक्ष जिब बेल्बासेले श्वागत मन्तब्य दिदै नवमनोनित सल्लाहाकारहरूको अनुभव तथा उर्जा यस संस्थालाई प्राप्त हुन सकेमा संस्थाको उचाइ कल्पना भन्दा माथी उठने कुरा निश्चित प्राय भएको बताएका थिए भने अध्यक्ष मेजर रिटार्यड टिकेन्द्र दल देवान र प्रमुख सल्लाहाकार मेजर रिटार्यड डमर घलेले नवमनोनित सल्लाहाकार एवम सदस्यहरूलाई खादा ओढाइ सम्मान गरेका थिए।

ततपश्चात अध्यक्ष देवानले हालसम्म संस्थाले गरेका उपल्ब्धी र भविस्यमा गरिने कार्ययोजना सम्बन्धमा स्पश्ट पार्दै बिगतमा एन एच एस को मीटिङ्बाट थाहा भए अनुसार नेपाली समुदायमा बिबिध रोग र त्यसको गम्भीर खतरा सम्बन्धमा जानकारि नभएको, आ-आफु र फरक समुदाय बीच गरिने व्यवहार , स्थानिय स्तरमा पाइने सुबिधा र त्यसको सहि प्रयोग, घर भाडामा लिने दिने प्रक्रिया,बर्तमान अबस्थामा सामना गर्नु परेको घर फोरेर गरिने सुन तथा नगद चोरि आदि बिषयमा प्रश्ट्याइ संस्थाको तर्फबाट स्थानीय प्रहरि, प्रशासन, अश्पताल, स्कूल, कलेज, काउन्सिल आदि क्षेत्रमा समन्वय गरि कार्य भैरहेको बताए भने उपरोक्त समस्याको निराकरणको लागि अरु संघ संस्था तथा ब्यक्ति बिशेसबाट गरिएका पहल र आगामी दिनमा नेपालिहरु केवल लिने मात्र होईन दिन पनि जान्दछन भन्ने पुश्टि गर्न कुनै प्रकारको च्यारिटी कार्यक्रम ल्याइनुपर्ने बिषयमा समेत सल्लाहाकार सूर्य गुरुङ्, हरि थापा, वीर बहादुर थापा, खिम प्रसाद गौचन, दिपक न्यौपाने, ज्ञान शेरचन, उपाध्यक्ष पुस्पा गुरुङ र सदस्य रन्जिता मल्लले आ- आफ्नो धारणा राखेका थिए।

यसै बीच हाल निक्कै नै बिगबिगी रुपमा भैरहेको घर फोरेर गरिने सुन तथा नगद चोरि जस्ता घटनाको अनुसन्धान, रोकथामको लागि प्रहरिबाट गरिएका प्रयास एवम समुदायबाट प्रहरीलाई दिनुपर्ने सहयोग बिषयमा प्रहरी निरिक्षक मार्क रानोलाले प्रकाश पारेका थिए भने प्रहरी कमिनिटि अफिसर निलिमा राईले ब्यक्ति तथा समुदायले रोकथामको लागि खेल्न सक्ने भूमिका बारेमा बताएकी थीइन।
बैठकको उत्तरार्ध्दमा प्रमुख सल्लाहाकार मेजर रिटार्यड डमर घलेले सल्लाहाकारको औचित्य सम्बन्धमा बताउदै, कार्य समिति तथा सल्लाहाकार समितिलाई सकेसम्म समाबेसी बनाइएकोले यस संस्थालाई साझा संस्थाको रुपमा अघाडी बढाउन सहयोग पुग्ने बिस्वास ब्यक्त गरेका थिए भने उपाध्यक्ष ओम थापाले सबैलाई धन्यवाद दिदै सबै एकजुट भएर यस संस्थामा आबद्ध भएमा सजिलै सामाजिक रुपान्तरण गर्न सकिने बताउदै सदस्यता लिन सबैमा आव्हान गरेका थिए।
बैठकले प्रमुख सल्लाहाकार मेजर रिटार्यड डमर घलेको संयोजक्त्वमा गठित निम्न सल्लाहाकार तथा सदस्यहरूलाई बैधता प्रदान गरेको थियो।

सल्लाहाकार

सूर्य गुरुङ्, थर्क सेन,भक्त गुरुङ, डा॰ चन्द्र लग्जम्बा, योगेन छेत्रि, राज सुब्बा, राम चन्द्र (सुर्जे) गुरुङ्, मधुकर गुरुङ्, मेजर रिटार्यड सूर्य उपाध्याय,मेजर रिटार्यड कुल थापा, मेजर रुद्र शाहि,मेजर खीम प्रसाद गौचन, क्याप्टेन रिटार्यड तिर्थमान गुरुङ्, क्याप्टेन रिटार्यड राजेन्द्रमान गुरुङ्, क्याप्टेन रिटार्यड गोपाल बिक,क्याप्टेन रिटार्यड हरि बहादुर थापा, क्याप्टेन रिटार्यड वीर बहादुर थापा, क्याप्टेन रिटार्यड महेन्द्र लिम्बू, एकेन्द्र गुरुङ्, दिपक न्यौपाने, मछेत्र गुरुङ्, भीम बानिया, लेफ्टेन रिटार्यड मुक्ति जंग गुरुङ, लेफ्टेन रिटार्यड रेसम शेरचन, ज्ञान शेरचन, शेर सुनार, हितकाजी गुरुङ, पदम राई, बिष्णु तामाङ् र हरि श्रेष्ठ,

मनोनित सदस्य

अमर मल्ल, जंग सुनुवार , हर्क तामांग, वीर बहादुर बलाल, जगना गुरुङ्, बिकश रनपैली

-जिब बेल्बासे