नेता खाने कथा-शिरीष रानाभाट

नेता खाने कथा-शिरीष रानाभाट


(नियम : पुराना ‘गाउँखाने कथा’मा आधारित नेपालको राजनीतिक परिवेश झल्काउने केही ‘नेता’ खाने कथाहरू । पाठकवृन्दले हरेक कथाको सही उत्तर दिनुभयो भने तपाईंहरूले छानेका नेता पाउनुहुनेछ । उक्त नेतालाई जे गरे पनि छुट हुनेछ । उत्तरहरू पानाको पुछारमा पाउनुहुनेछ ।)
१. जुट्यो, फुट्यो, फेरि जुट्यो
फुट्यो, जुट्यो, फेरि फुट्लाजस्तो छ
टाउको छ, गिदी छैन
यिनको मोल निकै सस्तो छ, क्या हो ?
२. तीन टाउका छन् तर ब्रह्मा होइनन्
हजार ज्रि्रोको बोली बोल्छन्, शेष नाग पनि होइनन्
प्रभुको शक्ति अपरम्पार
जता व्यक्तिगत लाभ त्यतै लम्पसार, क्या हो ?
३. रगत चुस्छन्, लामखुट्टे होइनन्
नेपाली जस्ता छन्, नेपाली होइनन्
काम कुरो एकातिर
पैसो बोकी भट्टीतिर, क्या हो ?
४. आफूलाई नमिल्दा संसार थर्काउने
आफूलाई मिल्दा चुप
भए त हुने हो, तर अहिलेलाई
अड्को पड्को तेलको धूप, क्या हो ?
५. कहीँ नभा’को जात्रा हाँडीगाउँमा
बसेरोले गायो गीत
नजान्नेले केरा पायो
बोक्रैसमेत खायो, क्या हो ?

उत्तरहरू :
१. नेपाल काङ्ग्रेस पार्टी र यसका नेताहरू
२. माओवादी, एमाले र नेपाली काङ्ग्रेसका शीर्ष नेताहरू
३. संविधानसभाका सदस्यहरू र मन्त्रीहरू
४. नेपालको अन्तरिम संविधान
५. नेपालको गणतन्त्र

गजल-बिना गुरुङ
भाग्यमा जो नलेखिएपछि पर्दोरहेनछ हात
दु:खीलाई कहाँबाट केको मिल्छ र सौगात ?

हिँड्दा पनि बाटोमा धक्का लाग्ने धेरै भए
सत्य कुरा गर्दा पनि पागल बनाउने धेरै भए
सधैंको हेला सबैबाट हेला किन हो यस्तो हे दैव !
भएर हो कि दु:खीको जीवन साह्रै नै सस्तो हे दैव !

सहयोग गर्ने बन्दा पनि लुट्ने नै धेरै भए
बिनागल्ती नबिराउँदा पनि पिट्ने नै धेरै भए
दु:खीलाई ठाउँ कतै नमिल्ने किन हो यस्तो हे दैव !
भएर हो कि दु:खीको जीवन साह्रै नै सस्तो हे दैव !

हँसाउनुको के कुरा रुवाउने नै धेरै भए
नहुँदा दोषको बोझैबोझ बोकाउने नै धेरै भए
जता नै पनि थिचिनुपर्ने किन हो यस्तो हे दैव !
भएर हो कि दु:खीको जीवन साह्रै नै सस्तो हे दैव !

सहर सम्झने रहर-सुरेश सुवेदी
साथी यो सहरमा सबथोक छ
जताततै रोड छ
रोड नै छेकिने मोड छ
हरेक मोडमा अवरोध छ
अवरोध पन्छाइनसक्नुको गञ्जागोल छ
गञ्जागोलमा के छैन सबथोक छ ।

सहरमा लहरै घर छन्
घरभन्दा धेरै धारा छन्
तर धारामा घाँटी चिस्याउने आहारा पो छैन
यो सहरमा अरू के छैन ?

बिजुलीबत्तीको के कुरा
इलेक्ट्रोनिक गोदामका डिलर छन्
सयौंथरीका तार, पोल र पिलर छन्
टाँगिएका छन्
गाडिएका छन्
ठाउँ-ठाउँमा ठडिएका मात्र होइन
एक-आपसमा ठेलिएका छन्
नभएको त जाबो करेन्ट न हो !
हेर्नोस् त तार कति जेलिएका छन् ?

फूल होइन तुलले सजिएका स्कुल छन्
सस्तो या महँगो जस्तो भए पनि नलेज बेच्ने
अन्तर्राष्ट्रिय नामका कलेज छन् ।
यहाँ खाने मात्र होइन
हर्ेर्ने चिज पनि भेज र नन्भेज छन् ।

यहाँ त देशभरिका मान्छे छन्
संविधानलाई पानझैँ
काँचै पचाउन सक्ने मान्छे छन्
यहाँ को छैन ?
एक्लै करोडौं पिएर पनि रुने पिन्चे छन् ।

रोग र रोगीका के कुरा
टोल-टोलमा नरि्सङ होम छ
होमभित्र सम्पत्ति सोर्ने सोम छ
एसिलकले काम गर्न छोडेर के भो र ?
झन् मेट्रोनिनाजोल छ
यो सहरमा केको औषधि छैन ?
रक्सी छोड्ने कि स्वास्नी छोड्ने ?
सबका लागि झोल छ ।

गाउँमा बाले चारमा बेचेको गाँजर
छोराले चालीसमा किन्नुपर्ने बजार छ
हजुर ! यो सहर पो एक हो
सुविधा त हजार छ ।