स्टुडियोको विस्तार योजनाको नतिजा आउँदै

स्टुडियोको विस्तार योजनाको नतिजा आउँदै


jamesbondsस्लाउ । जेम्स वोण्डका सिनेमाहरु बनाइने स्टूडियोमध्येको प्रमुख पाइनवूड स्टूडियोले गत सालको अन्तिम महिना स्टूडियोमा एक जानकारी कार्यक्रमको आयोजना गरेको थियो, जसबाट छिमेकी बासिन्दाहरुलाई राजी गराएर लगभग २०० मिलियन पाउण्ड बराबराको रकम खर्चेर पाइनवूड स्टूडियोको विस्तार गरिने ठूलो योजना अगाडि सारेको छ । आइभर हिथबासी जनताहरुले स्टूडियोको यो र यस्ता प्रकारका योजनाहरुको विपक्षमा मत दिँदै आइरहेका थिए तर सरकारलगायत विभिन्न व्यवसायी तथा व्यक्तित्वहरुको सकारात्मक मत पाएको यो योजना सफल हुनेमा धेरैजसो विश्वस्त बताइएको छ । स्लाउ एक्स्प्रेसका अनुसार, स्टुडियोले विदेशका अन्य स्टुडियोहरुसँगका साथै फिल्म उद्योगहरुसँगको अत्यन्तै कडा प्रतिष्पर्धा गर्न अहिलेको सुविधाहरु र स्थानले नधान्ने र यो नयाँ योजनापछि हजारौंलाई रोजगारीका साथै व्यावासायिक रुपमा देशको उन्नति हुने भनाइ आयोजकहरुले दिएको बताइएको छ । सो जानकारी तथा छलफल कार्यक्रमको नतिजा यही महिनाको अन्त्यतिर हुने बताइएको छ ।
श्रोत : स्लाउ एक्स्प्रेस and Net
pinewoodaerial