दास बनाएर कुकुर पिटाई

दास बनाएर कुकुर पिटाई


slave beaten as dogलण्डन – एक जना आईसक्रिम बिके्रताले मन्द मनस्थितिको एक जना मानिसलाई वर्षौदेखि दास बनाएर शोषन गरेको अभियोगमा जेल चलान गरेको समाचार प्रकाशमा आएको छ । ३४ वर्षीय के्रग किन्सेलालाई डेभिड रुक नाम गरेको व्यक्ति तथा उनका परिवारले दास भन्दा बढि अमानवीय व्यवहार गर्दै घरको कामकाजमा वर्षौदेखि कज्याउदै आएको थियो । उनलाई खान नदिई ग्यारेजभित्र बन्द गरेर राख्ने गरेको थियो । निरन्तर कुकुर पिटाई गर्ने गर्थे । खाना नपाउँदा विचरा क्रेग मैलाको ढ्वाङभित्रका खाना खान बाध्य हुन्थे । हिजो अदालतमा शेफिल्डवासी ४४ वर्षीय डेभिडले आफूले गरेको आपराध कबुल गरेका थिए । उनलाई, उनको पत्नि डोन्ना र १९ वर्षीय छोरा जेमीलाई जेल सजाए सुनाएको छ । न्यायधीश पिटर केल्शन क्यूसीले आफ्नो फैसला सुनाउँदा रुक्स परिवारले के्रेगमाथि गरेको घृणित अमानवीय व्यवहारलई औल्याउँदै, “सीसीटिभीको फूटेजलाई हेर्दा के्रेगसित तिमीले कुकुरको व्यवहार गर्यौ, दास बनायौ र बक्सिङ प्राक्टीस गर्ने पन्चब्याग बनायौ जुन् हेर्दा आङ नै सिरिङ बनाउने हेर्नै नसकिने खालको थियो र यस्ता खाले अमानवीय व्यवहारहरु अहिले पनि हाम्रो समाजमा विधमान छ” भनेर शेफिल्ड क्राउनकोर्टमा हिजो भनेका थिए । रुकस् परिवारको घरमा के्रग धेरै वर्षदेखि हप्ताको ४० पाउण्डको न्यूनतम पैसामा घरको नोकर सराह काम गर्दै आएका थिए । यसबाट उनको सोसियल बेनेफिट कटौती हुने थिएन तर त्यस परिवारले उनको सबै पाउँदरमाथि कब्जा गर्दै उनलाई पछि दास बनाएर उनीमाथि केहि वर्षदेखि अत्यचार गर्दै आएको थियो । उनीहरुले उनीमाथि यस्तो दुव्र्यवहार र कुटाई गरेता पनि उनले कहिल्यै प्रतिकार गरेका थिएनन् । उनी परिवारसंग धेरै भयभीत थिए । उनी बिहान साढे सात बजेदेखि मध्यरातसम्म घरको काममा जोती रहन्थे । उनलाई ग्यारेजमा थुनी दिन्थ्यो । खाने कुरामा सडे गलेको चिसो वासी खानाहरु खान दिन्थे । ग्यारेजभित्र ट्वाईलेटको लागि एउटा बाल्टी प्रयोग गर्थे । गतवर्षको जुलाई महिनामा प्रहरीले उनलाई त्यस घरबाट उद्वार गरेको थियो । त्यतिबेला परिवारको कुटाईबाट उसको शारीरिक हालात एकदमै गम्भीर अवस्थामा थियो । उनको एउटा हात भाँचिएको, चिउँडोमा फ्रयाक्चर, करङको हड्डी फ्रयाक्चर र किड्नीमा चोट परेको अवस्थामा अस्पताल पुर्याईएको थियो ।