Santander र Post Office ले पहिलोपटक घर किन्नेहरुलाई दोस्रो चरणको Help to Buy Scheme मा ९५ प्रतिशत मोर्गेजको अफर गर्दैछन् । थोरै डिपोजिट दिएर घरलाई आफ्नो स्वामित्वमा राख्न चाहाने नयाँ ग्राहकहरुका लागि सरकारले बैंकहरुलाई आफ्नो पैसा डुब्नसक्ने हुने खतरालाई कम गर्नका लागि ज्ञारेन्टी बसिदिने गर्दछ ।
Santander बैंक पहिलो यस्तो बैंक बनेको छ कि जसले Help to Buy Scheme अर्न्तर्गत एउटा ट्राकर मोर्गेज अफर गर्दैछ, Bank of England को Base Rate ०.५ प्रतिशतभन्दा राम्रो अर्थात् दुई वर्षको अनुवन्धमा जम्मा ४.४९ प्रतिशतमा मोर्गेज प्रवाह गर्दैछ ।
The Post Office ले निकट भविष्यमा आफूले पनि यो दोस्रो चरणको Help to Buy Scheme मा संलग्नता जनाउने जनाएको छ । डाउनिंग स्ट्रिटले बताएअनुसार गत हप्ता मात्रै करीव ७५००वटा प्रपर्टीहरुका ६००० नागरिकहरुले यस व्यवस्थाअनुसार आफ्नो अफरहरु दिएका थिए ।
Help to Buy
Help to Buy मा पहिलो र दोस्रो गरी दुई चरणहरुको व्यवस्थाहरु छन् । दुबै चरणहरुले वास्तवमा ५ प्रतिशत डिपोजिट दिनसक्ने नयाँ ग्राहकहरुलाई सहुलियत दिनेतर्फ अग्रसर हुन्छन् । गत सालको अप्रिलमा ल्याइएको पहिलो चरणको व्यवस्थाले ३.५ बिलियन पाउण्ड बराबरको नयाँ प्रपर्टीहरुमा लगभग ६ लाख पाउण्डसम्मको रकम लगाउन सक्दछ । दोस्रो चरणको व्यवस्था गत सालकै अक्टोबरमा ल्याइएको हो, जसले नयाँ तथा पुराना घरहरुमा लगानी लगाउने गर्दछ ।
पहिलो चराणको व्यवस्थामा कसरी काम बन्छ त ?
यो चरणमा नयाँ घरहरु तथा प्रपर्टीहरुमा मात्र लगानी गरिन्छ । न्यूनतम पाँच प्रतिशत आफ्नो लगानी लगाएर नयाँ ग्राहक अर्थात् पहिलोपटक प्रपर्टी किन्ने व्यक्तिले बीस प्रतिशतसम्म उक्त स्किमअन्तर्गतको यस पहिलो चरणको व्यवस्था सरकारी सहयोग लिन सक्दछ । अधिकतम १२०००० पाउण्डको लागि बिनाव्याज लगातार पाँच वर्षसम्म सरकारी सुविधा लिएपछि भने, हरेक वर्ष सो रकममा १.७५ प्रतिशतको दरले व्याज बुझाउनुपर्ने हुन्छ । यसरी हरेक वर्ष सोमा १ प्रतिशतका दरले व्याज वृद्धि हुनेछ । लगभग ७४००० नयाँ घरबारको लागि सरकारले ३.५ बिलियन पाउण्ड सो चरणको लागि खर्च गर्न थालेको हो ।
मोर्गेज तिर्न नसके के हुन्छ ?
अवश्य नै मोर्गेज तिर्न नसकेको अवस्थामा प्रपर्टी बेच्नुपर्ने हुन्छ, या बैंकले आफ्नो अधिकारमा लिन्छ वा ग्राहकको तर्फबाट बेचिदिन्छ र आफ्नो रकम वसल गर्दछ अनि सरकारको तर्फबाट हासिल गरिएको इक्विटी लोन पनि सोको विक्रीपछि सरकारलाई चुक्ता गर्नुपर्ने हुन्छ ।
दोस्रो चरणको Help to Buy Scheme
पहिलो चरणमा जस्तै बैंकको पैसा डुब्न सक्ने खतरालाई कम गर्न सरकारले अधिकतम ६००००० पाउण्ड बराबरको रकमको ज्ञारेन्टी गर्दै नयाँ तथा पुराना घर तथा प्रपर्टीहरुका लागि १५ प्रतिशत रकम लगानी गर्दछ, इक्विटी लोनको रुपमा ।
Help to Buy mortgage interest rates
All the figures below apply to 95 per cent loan-to-value mortgages. In some cases, cheaper deals are available under Help to Buy for 90 per cent loans.
HSBC: 2-year fixed; 4.79 per cent; £99 fee
Nat West: 2-year fixed; 4.99 per cent; no fee
RBS: 2-year fixed; 4.99 per cent; no fee
Santander: 2-year tracker; 4.59 per cent above base rate (currently 0.5 per cent); no fee
Santander: 2-year fixed; 4.99 per cent; no fee
Halifax: 2-year fixed; 5.19 per cent; £995 fee; must have Lloyds current account
Halifax: 2-year fixed; 5.79 per cent; no fee; (5.59 per cent with Lloyds current account)
Virgin Money: 2-year fixed; 5.29 per cent; no fee
Virgin Money: 5-year fixed; 5.49 per cent; no fee
Read more: http://www.theweek.co.uk/uk-news/55455/help-buy-more-banks-join-mortgage-demand-grows
-समाचार श्रोतः The Week
प्रतिक्रिया