आउनै ‘पर्छ’ फैशन शो लण्डनमा

आउनै ‘पर्छ’ फैशन शो लण्डनमा


catwalk2लण्डन/ उमेरको गणना गर्ने हो भने मुश्किलले दुई दशक छिचोलेका समिर गुरुङ र नवल राई–यि दुई युवाको परिकल्पना भने उमेरभन्दा सधैं दोब्बर अनि अब्बल रहन्छ । लण्डनको वेम्बली एरेनामा ‘नेपथ्य’ ब्याण्डलाई उफार्ने सपना मात्रै होइन सफल आयोजकमा दरिएका यि तन्नेरी सपनाका सौदागरहरु आउँदो २४ जनवरी दिन पोर्चेष्टर हल, लण्डनमा अन्र्तराष्ट्रिय स्तरको भब्य फैशन शोको आयोजनामा जुटेका छन् यतिखेर ।

बेलायतमा बसोबास गर्दै आएका नेपाली युवाहरु जसले फैशनको कोरा सपनामात्रै देखेका छैनन् । फैशन पढेका छन्। प्रशस्त शिप र संभाब्यता पनि बोकेका छन् । ती फैशन डिजाईनरहरुलाई अन्र्तराष्ट्रिय ‘एक्सपोज’ मिल्न सक्ने अवशरहरु कसरी जुटाउन सकिएला भनेर चुनौतीपुर्ण फैशन शोको आयोजनामा ब्यस्त छन् समिर र नवल । निक्कै ठुलो लगानी, भब्य र्याम्पको तयारीसँगै स्तरीयता कायम गर्न मोडल छनौंटदेखि सम्पुर्ण कार्यहरुमा कुनै पनि सम्झौता नगरेको नवल बताउँछन् । मोडल ब्यवस्थापनको अभिभारा बिनिता गुरुङले लिएकी छिन्।

catwalk3समयसँगै सोचहरु अन्र्तराष्ट्रियकरण हुन सकेमात्रै हाम्रो नेपाली ट्यालेण्टहरु पनि अन्र्तराष्ट्रिय बजारमा बिक्न सक्छ । त्यसको पहल नै ‘पर्छ फैशन’ हो । हामी सबैले यसका लागि केहि ‘गर्नै पर्छ’ । कला सौन्दर्यको कसी हो – उक्त साँझ फैशनको सौन्दर्यमा सुर–कलाको पनि साथ रहने छ । डिजाईनर कृष्मा सुब्बा, ईशान काली, सुसन्ना यी, जर्ज गुरुङ, एस्मित, चाँदनी पुन, डिना भजेल, जेनेभाइन, रश्मि देवान अनि भेलिण्डा राईको डिजाईन प्रस्तुतिमा श्रेया राई, ओमरी कार्टर, जेरुषा राई, गरिमा राई एबं लयसुत्र ब्याण्डको संगितमय सुत्रमा फैशनको जलवा देखाउने छन् ।

‘पर्छ’ अनौंठो नामसँगै बेलायतमा सफल इभेण्ट गर्दै आएको यो समुहले आफ्नो कार्यक्रमबाट प्रत्येकपटक नेपालका च्यारिटीलाई सकेको सहयोग पनि प्रदान गर्दै आएका छन् । नवल र समिर भन्छन्–पुर्व लागु पदार्थ सेवकर्ता महिलाहरुद्धारा सञ्चालित लागु औषध प्रयोगकर्ता महिलाहरुको हकहित र कल्याणका लागि बिगत सात वर्षको अवधिभित्र नेपालमा कैंयन् उदाहरणीय कार्य गर्दै आएको ‘दृष्टि नेपाल’ संस्था अन्र्तगत ‘ह्याप्पी होम प्रोजेक्ट’ लाई यो पटक सहयोग गर्ने उनीहरुको योजना रहेको छ ।
catwalk1
-: लारा, लण्डनबाट