जाली नोट छाप्नेहरुलाई जेल सजाएँ

जाली नोट छाप्नेहरुलाई जेल सजाएँ


forgenotesलण्डन – हिजो दुई जना भाईहरुले ख्रिष्टमास विदाको दौरान आफ्नो प्रिन्टिङ कम्पनीमा एक दशमलव दुई मिलियन पाउण्ड बराबरको जाली नोटहरु छापेको आपराधमा सात वर्षको जेल सजाए अदालतले दिएको छ । अदालतमा अमृत र प्रेम कार्रालाई सजाए सुनाउँदा जाली नोट बनाउने उधोगमा मुख्य अभियुक्त रहेको र यो जाली नोट देसभरी फैलाउने आपराधमा दोषी भएको जाहेर गरेको थियो । उनिहरुका दुई जना जँुवाईहरु क्रमशः ४४ वर्षीय यश माहे र ४० वर्षीय राजिव कुमारलाई समेत यस अपारधमा सरिक रहेको तथा जाली नोट बनाउने कारोबारमा सञ्जाल फैलाउने जाल बुनेको अभियोगमा दुबै जनालाई साढे चार साढे चारवर्षको जेल सजाए सुनाएको थियो । यी चार जना अभियुक्तहरुले रातको समयमा विशेष कागज, रङ र मसिनको प्रयोग गरि एकदमै दुरुस्तै देखिने जाली नोट छापेको विवरण बर्मिङहाम क्राउन कोर्टले हिजो सुनवाई सुनाउँदा प्रकाश पारेको थियो । न्यायधीश रिचर्ड बोन्डले, “जाली नोट द्वारा समस्त आर्थिक क्षेत्रमा असर पर्ने हुन्छ त्यसकारण यस्ता आपराधीहरुलाई लामो समयको सजाएनै उपयुक्त ठहर हुन्छ” भनेका थिए । ४५ वर्षीय अमृत र ४३ वर्षीय प्रेमले दश पाउण्डको जाली नोट आफ्नो डुबीसकेको प्रिन्टिङ बिजनेसलाई उकास्नको लागि छापेको कुरा अदालत सामु भनेका थिए । उनिहरुले छापेको जाली नोटको क्रमसंख्या आफ्नै हिसाबले दिएका थिए जुनचाँहि २०११ सालको उत्तरार्धतिर ब्याङ्कहरुमा पुगिसकेको थियो । उनिहरुलाई वेस्ट ब्रोम्विचका कुमारसंग माहेलाई बर्मिङहाम पुलिसले उनिहरुका प्रिन्टिङ ईक्युप्मेन्टसंगै रहेको डेटा सहित पक्डाउ गरेको थियो । कार्रा परिवारलाई त्यस कम्पनीको डाईरेक्टरबाट पनि न्यायधीश बोन्डले आफ्नो सुनवाईमा निषेध गरेका थिए ।