चुरोटसम्वन्धी केही जानकारी

चुरोटसम्वन्धी केही जानकारी


WOMEN SMOKERS ILLUSTRATIONलण्डन – यस समाचारको स्तम्भकारले २५ वर्षपहिले चुरोटको केहि नकारात्मक असर बारे पढेर चट्टै चुरोट सेवन गर्न छाडेका थिए । २५ वर्षभित्र हिसाब गर्दा यदि चुरोट सेवन गर्दै आएको भए स्वास्थ्य र समयको क्षति त हुने नै थियो, तर, आर्थिक हिसाबले विचार गर्दा यतिबेला पोखराको एउटा घडेरीको मुल्य बराबरको चुरोट सेवन गरी सक्ने रहेछ भन्ने अड्कल गरेका छन् । आज बिहानको मेट्रो समाचारमा दिएको केहि चुरोट सेवन सम्बन्धि तथ्यहरु यहाँ सबैको जानकारीका लागि सम्प्रेषन गरिन्छ । सन् १९८० सालको चुरोट पिउनेहरुका ७२ करोड दसलाख सङ्ख्याको तुलनामा सन् २०१२मा १८७ वटा राष्ट्रहरुको रेकर्ड सङ्कलन गर्दा ९६ करोड ७० लाख मानिसहरुले चुरोट सेवन् गरेको प्रतिवेदन प्राप्त भएको छ । क्यारीवियन क्षेत्रका जुम्ल्याह द्वीपहरु क्रमशः अन्टिगुआ र बरमुडामा पाँच प्रतिशत मानिसहरुले चुरोट सेवन गर्छन । रुस, ईन्डोनेशिया र अरमनियाका पचास प्रतिशत भन्दा बढि मानिसहरुले चुरोट सेवन गर्छन । त्यस्तै तीस प्रतिशत भन्दा बढि महिलाहरुले ग्रीसमा चुरोट सेवन गर्छन् । प्रत्येक वर्ष चुरोट सेवनको कारणले गर्दा ५७ लाख मानिसहरु मृत्युको मुखमा पर्छन् । संसारका यस्ता ७५ वटा राष्ट्रहरु छन् जहाँका जनताहरुले औसतन् २० वटा खिल्लीको हिसाबले प्रत्येक दिन चुरोट सेवन् गर्दाछन् । संसारभरि तुलना गर्दा ६ प्रतिशत महिलाहरुको तुलनामा ३१ प्रतिशत पुरुषहरुले चुरोट सेवन गरेको तथ्य फेला पारेको छ । संसारमा सबैभन्दा बढि चुरोट सेवन गर्ने देश ईष्ट टिमोर रहेको छ जहाँ ६१ प्रतिशत जनताले चुरोट सेवन गर्दाछन् । सन् १९८० सालदेखि क्यानाडा, आईसल्याण्ड, मेक्सीको र नरवेले चुरोट सेवनको परिमाण एकदमै घटाएका छन् । अहिले यी राष्ट्रहरुमा केवल चार प्रतिशत मानिसहरुले चुरोट सेवन गर्छन् । स्रोत – ईन्स्ट्यूट फर हेल्थ मेट्रिक्स एण्ड इभाल्युएशन ।