वेलफेयर बेनिफटमा सख्तीप्रति क्यामरुनको अडान

वेलफेयर बेनिफटमा सख्तीप्रति क्यामरुनको अडान


David-Cameron-benefits-migrants-455956लण्डन । हिजो ब्रसेल्समा भएको एक अन्तर्राष्ट्रिय सम्मेलनमा हालसालै यूकेले आप्रवासीहरुका लागि सोशल वेल्फेयर बेनेफिट सिस्टममा गरिएको कडाइउपर गल्ती मानी क्षमा मागिनु पर्ने दबाबमाथि सो आफ्नो सरकारको निर्णयलाई अन्त्यन्तै सही कदम भएको भनी त्यसको जमेर पक्ष लिएका थिए । इयू नेताहरुले पनि आफ्नो कमन सेन्स प्रयोग गर्नु पर्ने आफ्नो भनाइको बेलामा भप्ने क्यामरुनले आफ्नो सरकारले इयू ट्रेडको सम्झौताविपरीत नगएको तर आफ्नो देशमा जनतालाई उपलब्ध गराइने वेल्फेयर बेनेफिट नितान्त आफ्नो मुलुकको व्यवस्था भएकोले त्यसको कार्यान्वयन आफ्नो जनताको हितअनुरुप गर्न आफ्नो सरकारलाई अधिकार भएको र त्यसैको प्रयोग गरिएको जानकारी स्वीडिस युरो एमपीको जिज्ञाशामा व्यक्त गराएको थिए ।
युरोपियन ट्रेडमा गरिएको सम्झौताअनुसार युरोपियन देशहरुमा यसभित्रका बासिन्दाहरुले एकअर्को देशमा गएर बसोबासका लागि काम खोज्ने गर्ने अधिकारलाई बेलायतले सम्मान गर्दछ तर अर्को देशमा गएर सो देशको जनतालाई प्रदान गरिने सुविधा तथा सेवाहरुका लागि मात्र लिने प्रवृति गलत हो र हामी त्यसैको विपक्षमा छौं जुन हाम्रो सरकारको राम्रो कदम हो भन्दै उपस्थित एमपीहरुलाई जानकारी क्यामरुनले हिजोको उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा बताएका थिए ।
लेबरको सरकारले बोर्डर कन्ट्रोलमा इयूसँगको सम्झौतापछि खुकुलो छोडेपछि पर्ूर्वीय युरोपबाट लगभग १५ लाख आप्रवासीहरु बेलायत भित्रिएको तथ्य पनि सो भेलामा जनाएका थिए ।
-समाचार श्रोत एक्स्प्रेस डेली, तस्वीरसहित