एनआरएन यूकेका अध्यक्षको स्पष्टिकरण

एनआरएन यूकेका अध्यक्षको स्पष्टिकरण


yogenलण्डन । आफ्नो फेसबुकमार्फत, बेलायतबासी नेपाल नेपाली जनसमुदायहरुको नाम एनआरएन वर्तमान अध्यष योगेन क्षेत्री प्रकाशमा आइरहेका भ्रामक समाचारहरुउपर स्पष्टिकरण दिएका छन् । उक्त स्पिष्टकरणमा भनिएको छ – गैर आवासीय नेपाली संघ बेलायतको कार्यसमितिको तेस्रो बैठक जनवरी १८ मा सम्पन्न भए पनि हालसालै समाधान भइसकेको बिषयमा पून: भ्रामक समाचारहरु देखिनु दुःखदायी छ । बैठकले एनआरएन युकेको दुई बर्ष दुवैजना अध्यक्ष, महासचिव, सचिव, कोषध्यक्ष, प्रवक्ता लगायत सबै दुइवटा पदहरुलाई दुई बर्ष नैं एकजुट भई निरन्तरता दिने निर्णय भएको थियो । दुबै अध्यक्षले हात मिलाई एकजुट भएर अगाडि बढ़ने प्रतिबद्धता जहर गर्नु भएको थियो । एनआरएन युकेको कार्यसमितिको बैठकमा निर्णय भईसकेको बिसयहरुमा एकजुट भएर कार्य गर्न सबै जिम्मेबार पदाधिकारी तथा सदस्यहरुमा अनुरोध छ । बैठकमा एनआरएन युकेका पदाधिकारी तथा सदस्यहरुको उम्मेदवारी शुल्कबारे व्यापक छलफल भएको थियो । दुइटा कमिटिबीच सहमति हुंदा एकतर्फका कमिटिका पदाधिकारीहरुले बढी र अर्कोतर्फका सदस्य तथा पदाधिकारीहरुले कम रकम तिर्नु अन्याय हुने र शुल्क बराबरी गरिनुपर्ने धेरै सहभागीहरुको धारणा रहेको थियो । अध्यक्ष्य योगेन क्षेत्रीले शुल्क घटाउन नमिल्ने कुराको जिकीर गरे । अन्त्यमा अध्यक्ष्य महेन्द्र कंडेलको प्रस्तावलाई बैठकले अनुमोदन गरी नतिजामा पुगेको थियो । जसअनुसार अहिलेको कमिटिलाई लागू हुने गरी उम्मेदवारी शुल्क अध्यक्ष्य एक हजार पाउण्ड, उपाध्यक्ष्य र महासचिव चारसय पचास पाउण्ड, सचिव, कोषाध्यक्ष्य र प्रवक्ता दुईसय पचास पाउण्ड र सदस्यको शुल्क एक सय पचास पाउण्ड निर्धारण गरिएको थियो ।

दुबै कार्यसमितिले सयुक्तरूपमा कार्य गर्ने, शुल्क घटाउने र समयेमैं शुल्क बूझाउने निर्णय भईसकेको र हाल बुझाउन बाकि रहेको शुल्क बुझाउने अनुरोध गर्दा पनि हालसम्म नबुजाएको अबस्था छ । निर्णयमा एउटा कुरा गर्ने र बाहिर अर्कै कुरा गर्नाले एनआरएन युकेको हालसम्म भएको सहमतिमा आँच आउने र एकतामा खलबल पुर्‍याउने कार्य नगर्नुहुन सबैमा अनुरोध गर्दछौं । असन्तुष्ट र अन्य बिषयहरुमा छलफल एबं निर्णय गर्ना का लागी कार्यसमिति को बैठक 16th February, 2014 मा निम्न स्थान र मितिमा हुने भएकोले उक्त दिन सम्म कार्यसमिति का सबै जिम्मेबार साथीहरु ले भ्रमक एबं गलत समाचार प्रचार प्रसार नगर्नु हुन हार्दिक अनुरोध छ । साथै छलफल गर्नु पर्ने र निर्णय गर्नु पर्ने कुराहरु सोही दिन गर्नु हुन समेत अनुरोध छ ।

कार्यसमिति को बैठक बिबरण :
Date of Meeting: 16th February 2014
Place of Meeting: Carnival Hall, Council Road
Basingstoke, RG21 3DH
सबै बिषयहरु आपसी छलफल एबं समझदारीबाट समाधान गरी सहमतिमा आउन अनुरोध छ ।