रिडिंग । यही शनिबार, अर्थात् २५ तारिखका दिन, क्षेत्री समाज यूकेले रिडिंग तन्दुरीमा आफ्नो यस कार्य समितिको अन्तिम भेला सम्मपन्न गरी वर्तमान कार्य समितिले आफ्नो कार्यकालमा गरेको कार्यहरुउपर समीष गरेको छ । नयाँ कार्य समिति यही आउने मे १० तारिखका दिन चयन गरिने र सोको लागि उही भेलाले समाजका सल्लाहकार डा. रामकुमार अधिकारीको नेतृत्वमा भूपू अध्त्तयक्ष कृष्णकहादुर अधिकारी र सल्लाहकार प्रकाश रावतको तीन सदस्यीय निर्वाचन आयोग पनि चयन गरेको छ । लगभग ४० जना जतिका कार्य समितिका पदाधिकारीहरु भेला भएको सो वैठकले वर्तमान कार्य समितिले उल्लेखनीय कार्य गरेको निर्क्यौल गरेको छ । यस कार्य समितिले प्रकाशित गरेको यूके क्षेत्री नामक पुस्तक आगामी जुलाई ५ मा हुने वाषिर्क भेलामा वितरण गरिने पनि सोही भेलाले जनाएको छ । समाजले वार्षिक भेला मात्र नगरी अन्य प्रकारका कार्यक्रमहरु गर्ने र त्यसलाई हरेक कार्य समितिले निरन्तरता दिने पनि फैसला गरेको छ । समाजमा भाइचार फैलाउने, अन्य समुदायहरुसँग आत्मीय सम्वन्ध राख्दै लाने र सो समुदायहरुका साथमा निलेर नेपाल तथा नेपालीहरुका लागि गरिने च्यारिटिलगायतका कार्यक्रमहरुमा आफ्नो समाजको संलग्नता राख्ने पनि समाजको फैसला रहेको बताइएको छ ।



तस्वीर भरत रोक्का, समाचार नरेन्द्र बस्नेत
प्रतिक्रिया