हेल्प पांचथर च्यारीटि सम्पन्न

हेल्प पांचथर च्यारीटि सम्पन्न


1a1aबेलायत । पांचथर समाज सेवा युकेले बेलायतमा पहिलो पटक च्यारीटि कार्यक्रम सम्पन्न गरेको छ । गत शनिबार अल्डरसटस्थित भेटघाट रेष्टुरेण्टमा झण्डै पञ्चिसबढि संघसंस्थाका प्रतिनिधिहरुको सहभागितमा समाजले च्यारीटि कार्यक्रम आयोजना गरेको हो । सम्बृद्ध पांचथर सम्बृद्ध नेपाल नाराका साथ जिल्लाका गरीब तथा जेहेन्दार विद्यार्थीहरुको शिक्षा क्षेत्रमा सहयोग पु¥याउन च्यारीटि गरिएको समाजका अध्यक्ष एकराज नेम्वाङले जानकारी दिए ।
बेलायतमा रहेका नेपाली तथा जिल्लामा हर तरहले सहयोग पु-याउंदै आएको समाजले सन् २०१२ देखि पांचथर कप फुटबल प्रतियोगिता समेत आयोजना गर्दै आइरहेको छ । पांचथर समाज सेवाका अध्यक्ष एकराज नेम्वाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव नरप्रसाद थामसुहाङले नेपालको भौगोलिक विषयमा जानकारी दिएका थिए ।
aa11कार्यक्रममा शान्ति सेलिङ लिम्बुले स्वागत मन्तव्य दिइन भने कोषाध्यक्ष नगेन्द्र नेम्वाङले हेल्थ एण्ड सेफ्टीबारे जानकारी दिएका थिए । समाजले पहिलोपटक गरेको बृहत च्यारीटि कार्यक्रम भव्य बनाउन वरिष्ठ उपाध्यक्ष नरवीर आङ्बो, उपाध्यक्षहरु कुल प्रसाद योङ्या, सन्तकुमार आङ्दम्बे, वीर बोलन, सहकोषाध्यक्ष धनबहादुर काङमाङ लगायतले महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि समाजसेवी ईश्वर आङबुहाङले च्यारीटि भव्यताका साथ सफल भएकोमा संस्थालाई बधाईं दिंदै पांचथरेहरुको एकता प्रशंसनीय रहेको बताए । सो अवसरमा एनआरएनए युकेका निवर्तमान अध्यक्ष कुल आचार्य, एनआरएन आइसीसी सदस्यद्धय सुष्मा राई र थर्क सेन, महिला उपाध्यक्ष शान्ति थापा कुंबर, सचिव कल्पना आङ्बुहाङ, कोषाध्यक्ष ठाकुर शर्मा, सदस्य गोपाल गुरुङ, विजी डब्लुएस रेडियोका प्रबन्ध निर्देशक सोनाम शेर्पा, कार्यक्रम प्रश्तोता प्रमिला लाबुङ राई, एनपीसीसी युके अध्यक्ष लोक गुरुङ, आदीवासी जनजाती महासंघ युके अध्यक्ष श्रीप्रसाद लिम्बु, लिम्बुवान नागरिक समाजका संस्थापक अध्यक्ष प्रसादसिंह थेवे, वर्तमान उपाध्यक्ष नरेन्द्र लिम्बु, सेवारो कलाकार संघ बेलायतका अध्यक्ष काजीमान याक्सो, किरांत याक्थुम चुम्चलुङ युकेका a111उपाध्यक्ष तिलविक्रम सम्बाहाम्फे, याक्थुम मंगेना चुम्लुङ बेलायतका अध्यक्ष कमला लिम्बु, नेपाली कांग्रेस महिला नेतृ नरकुमारी लिम्बु, पुर्व गोर्खा मेजर भवानी पाण्डक, नेपालबाट आएका एभिन्युज टेलिभिजन पत्रकारद्धय शम्भु पोखरेल र करुणा कंडेल, ताप्लेजुङ समाज बेलायतका अध्यक्ष लक्ष्मी घिसिङ, नेपाल विद्यार्थी संघका विरेन्द्र खड्का, एनपीसीसी युकेका प्रवक्ता प्रवेश केसी, समाजसेवी भक्तमायां राई, गोर्खा क्वालीटि स्टोरका निर्देशक रविन गुरुङ, उद्यमी राजेन्द्र गुरुङ, विकास राई, दुर्गाहाङ लिम्बु, श्रीमान लिम्बु, मधु मादेन, हिथ्रो गोर्खा नेपाली समुदायका अध्यक्ष बाबुराम प्रधान, एभरेष्ट सेक्युरीटि लि.का प्रवन्ध निर्देशक गोकर्ण चुङबाङ, नेपाली दुतावासका प्रतिनिधि लगायतको सहभागिता थियो । त्यस्तै समाजका सल्लाहकारहरु राजेन्द्र आङदेम्बे, भक्तिहाङ नेम्वाङ, चन्द्र सुन्दास, एनपी चेम्जोङ पनि सहभागी थिए ।
कार्यक्रममा उपस्थित नागबेली फिल्मका प्रोडुसर रोमियन वनेमले आफ्नो फिल्मका विषयमा जानकारी दिएका थिए । सहभागि अतिथिहरुलाई समाजका अध्यक्ष नेम्वाङले खादा लगाई सम्मान गरेका थिए । च्यारीटि कार्यक्रमको अन्त्यमा कलाकार दौलत राईको समुहले मनोरञ्जन दिएको थियो ।