लण्डन । प्रेम साँच्चै नै अन्धो हुँदोरहेछ, त्यसैले हुनसक्छ, डोभर निवासी सामन्था ल्याम्बले आफ्नो लोग्ने एण्डी ल्याम्बको हप्ताको तीन तीनपटक डायोलोसिस गर्दै आफ्नो आयुलाई लम्ब्याउँदै गर्नु पर्ने अवस्थालाई मुक्ति दिनका लागि आफ्नो एक मृगौला दिईन् ।
२००४ मा निजी एम्बुलेन्स चलाउने चालकहरु एण्डी र सामन्थाबीच प्रेम सम्वन्ध बनेको थियो, लगभग तीन वर्षपछि तिनीहरुले विवाह गरेका थिए । आफ्नो श्रीमानको किड्नीसम्वन्धी समस्याले चरम रुप लिन लागेपछि गरिएको उपचारमार्फत् उनलाई किड्नी दान गर्ने व्यक्ति पर्खनु र हप्ताको तीन तीनपटक डायोलोसिस गर्नुबाहेक अन्य उपायहरु हत परेको थिएन । लोग्नेको मायाले पागल जस्ती भएकी सामन्था आफैले जिद गरेर आफ्नो एक किड्नी लाग्नेको शरीरमा सार्न लोग्नेलाई मनाएकीथिईन् । किड्नी ट्रान्स्प्लान्टको लागि आफू योग्य हुनका लागि सामन्थाले लगभग १९ केजी तौल आफ्नो शरीरबाट हटाएकी थिईन् । एक किसिमले सेलिब्रिटीको रुपमा बीबीसीले पनि सोताका प्रशारण गरेको थियो ।
२०१२ सालको अक्टोबरमा सामन्थाको शरीरको एक मृगौला एण्डीको शरीरमा सारिएको थियो । त्यसपछि यी दुई निक्कै रमाइलोका साथ जीवन बिताइरहेका थिए तर केही वर्षैपछि, सामन्थाका अनुसार, एण्डी उनलाई छाडेर अर्कै केटीसँग लाग्न थाले । आफूले जीवन दान दिएको मान्छेले यसरी गद्दारी गरेकोमा सामन्था साह्रै नै शोषित महशुस भएकी र मिल्ने भए एण्डीको शरीरबाट आफ्नो मृगौला फिर्ता लिई कुनै अन्जान व्यक्तिलाई दिन चाहन्छिन् भने एण्डी, किड्नी ट्रान्स्प्लान्ट भएपछि, बिस्तारै उनीहरुको सम्वन्ध बिग्रँदै गएको र सँगै नै रहन नसक्नै भएको र सामन्थाका परिवारले पनि आफूलाई मन नपराउने बताउँदछन् । ….मैले सामन्थाको स्वास्थ्यमा खतरा हुनसक्छ भनेर उक्त ट्रान्स्प्लान्टमा नै सहमत भएको थिईँन । म उनलाई साँच्चै नै माया गर्दछु, मेरो जीवनमा उनको गुण मैले जीवनभर नै चुक्ता गर्न सक्दिनँ । मेरो कसैसँग अफेयर्स चलेको छैन । ..एण्डी अगाडि भन्दछन् ।
अहिले एक बच्चीकी आमा सामन्था एण्डीसँग पारपाचुके लिने तयारीमा छन् ।
समाचार र तस्वीर श्रोतः डेली मेल
[youtube]http://www.youtube.com/watch?v=GGRbXC2VeQY[/youtube]
प्रतिक्रिया