जनवरी महिनाको झरीले बित्यास पार्यो

जनवरी महिनाको झरीले बित्यास पार्यो


_72620002_020831565-1लण्डन – बीबीसीको मौसम विभागका अनुसार झण्डै चार दशकको रेकर्ड भंग गर्दै यसवर्ष जनवरी महिनामा बढि पानी परेकोले गर्दा दक्षिणपश्चिम ईङ्गल्याण्डको सोमरसेट काउन्टी जलमग्न भएको. झण्डै एक महिना बितिसकेको समाचार दिएको छ । त्यहाँका वासिन्दहरु यातायात र विभिन्न दैनिकी कठिनाईहरु झेल्दै गरेको अवस्थामा सरकारले पर्याप्त चासो नलिएको गुनासो पनि पोखाउन थालेका छन् । सरकारलाई बाढ रोक्नका लागि नदिको कटानहरुलाई तुरुन्त नियन्त्रण गर्नु पर्ने तथा बाढ रोक्नका लागि बाँधहरु बनाउने माँग राख्दै आएका छन् । यतिबेला त्यस क्षेत्रमा सैनिक परिचालन गरेर सहयोगका लागि सरकार तर्फबाट कदम उठाउने तैयारी भईरहेको छ । ईङ्गल्याण्डको मिड्ल्याण्ड क्षेत्रमा आज रात औसतन् जनवरी महिना भरिको दोब्बर पानी परेकोले गर्दा र हावाहुरीले जीवन कठिन भएको समाचार छ । अब आउने सप्ताहमा अझ बढि पानी पर्ने कुरा मौसम विभागले जनाएको छ । शुक्रवारसम्म उत्तरी ईङ्गल्याण्ड र मध्य स्कटल्याण्डमा हिमपात हुने कुरा सम्प्रेषन गरेको छ । मौसमविद्हरुका अनुसार शीतयाममा झरी बढि पर्नुको कारण तापक्रम साधरण रहेको कारणले गर्दा यसो भएको भनेका छन् । तापक्रम ह्वात्तै नघटेता पनि जाडोको आभाष सबैले खेपी रहेका छन् । विशेषगरि ग्याँस तथा विजुली कम्पनीहरुले ग्याँ’स र विजुली महसुल बृद्धि गरेकाले यहाँका गरिब जनताहरुका खासगरि स–साना नानीहरु हिटरबाट वञ्चित भएका छन् । आजको आँक्डामा लगभग साढे चारलाख गरिब परिवारका नानीहरु यसबाट प्रभावित भएको समाचार दिएको छ ।