नेपाली को-अपरेटिभ इन्भेष्टमेण्ट लिमिटेड विधिबत गठन

नेपाली को-अपरेटिभ इन्भेष्टमेण्ट लिमिटेड विधिबत गठन


1लण्डन । नेपाली को—अपरेटिभ इन्भेष्टमेण्ट लिमिटेडले कम्पनी दर्ता गरी आफ्नो काम शुचारु गरेको छ । प्लमस्टेडस्थित अस्मिता एण्ड एशोसिएट्सको हलमा बुधबार सम्पन्न संस्थाको बैठकले आवश्यक सबै प्रक्रिया पुरा गरी काम शुरु गरेको संयोजक मोहन गुरुङले जानकारी दिए ।
2नेपाल र बेलायतका सम्भावित क्षेत्रहरुमा लगानी गर्ने उदेश्यले सन् २०१३ डिसेम्बरमा संस्था गठन भएको थियो । बुधबारको बैठकले बेलायतको आवश्यक कानुनी प्रक्रिया पुरा गरी काम शुचारु गर्न मार्ग प्रशस्त गरेको छ । निकट भविश्यमा नै नयां योजनाका साथ संस्थालाई सशक्त बनाउने सहभागिहरुले बताएका छन् ।
3यस संस्थाले नेपाल र बेलायतका सम्भावित क्षेत्रहरुमा व्यवसायीक रुपमा लगानी गर्ने नीति लिएको छ । कम्पनीमा एकसयजना शेयरहोल्डर रहनेछन र प्रतेकले हरेक महिना एकसय पाउण्ड जम्मा गर्नेछन् । बेलायतमा कमाएको पुंजिलाई नेपालमा लगानी गर्न उत्साहितहरुको समुह यस संस्थामा आवद्ध छ ।
4बैठकमा मोहन गुरुङ, अर्क तिम्सिना, ओम प्रकाश देव, लक्ष्मण शाह, विष्णु त्रिपाठी, श्याम शेरचन, रत्ना कायस्थ, संगिता क्षेत्री, बनु गुरुङ, राधा गिरी, सुरज मास्के, शुशिल प्रजापती, ललीत न्यौपाने, शेर बहादुर थापा र लेखनाथ(एनएन) पाण्डे सहभागि थिए । –धर्मराज अधिकारी
5