नेपाली कथानक चलचित्र ‘नागबेली’ प्रदर्शनको तयारीमा

नेपाली कथानक चलचित्र ‘नागबेली’ प्रदर्शनको तयारीमा


Nagbeli posterलण्डन । ‘मानिसको जीवन घुम्ती जस्तै छ’ अनेक मोडहरुले नागबेलीरुपी मानव जीवनमा आइपर्ने संघर्षहरुलाई चित्रण गरी तयार पारीएको चलचित्र नागबेली छिट्टै बेलायतवासी नेपालीहरुले हेर्न पाउने भएका छन् । रोमियन लिम्बु चेम्जोङ (वनेम फागो)को निर्माणमा बनेको चलचित्र ‘नागबेली’ बेलायतमा विभिन्न भागमा फेब्रुअरीदेखि प्रदर्शन गरीने बताइएको छ । नेपालमा भने चलचित्र आगामी बैशाखबाट प्रदर्शनमा आउनेछ ।
युवा पुस्तालाई जीवनमा आइपर्ने संकट समाधानमा चलचित्रले सन्देश दिन खाजेको निर्मात्री लिम्बुले बताईन । जीवनमा आउने विभिन्न मोडहरु पार गर्न अपनाउनुपर्ने कुराहरुबारेमा फिल्मले सन्देश दिन खाजेको लिम्बुले जानकारी दिइन ।
आफ्नै जन्मदिनको अवसरपारी निर्मात्री लिम्बुले फेब्रुअरी ७ गते बेलायतको ब्लनफोर्डमा चलचित्रको पहिलो शो गर्दैछिन् । त्यसगत्तै नेपालीहरुको घनत्व बढि भएका स्थानहरुमा प्रदर्शन गरीने छ ।
चलचित्र ‘नागबेली’मा निर शाह, रुपा राना, दयाहाङ राई, विक्की मल्ल, यशराज गजाज, संभव श्रेष्ठ, हसीका श्रेष्ठ, शुरभी जयन विष्ट, रमेश फुँयाल लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।
गोविन्द राईले फिल्मको निर्देशन गरेका छन् भने फिल्मको कथावस्तु पत्रकार दिपेन्द्र लामाले तयार पारेका हुन । राई नेपालका सुप्रसिद्ध डान्स डाईरेक्टर हुन ।
ननिङ्टनमा केहि समयअघि फिल्मको प्रिमियर शो सम्पन्न भएको थियो । प्रिमियर शो मा सहभागिहरुले फिल्म उत्कृष्ट भएको प्रतिक्रिया दिएका थिए ।
निर्मात्री लिम्बु गोर्खा सिंग्नल्समा कार्यरत रणवीर चेम्जोङकी श्रीमती हुन । उनले युकेवासी नेपालीहरुलाई फिल्म हेरीदिन आग्रह गरेकी छिन् । फिल्म नागबेलीका बारेमा www.nagbeli.nepalifilm.com मा लगअन गरी जानकारी लिन सकिन्छ ।
-एकराज नेम्वाँग