लण्डन । यूकेको डर्बिसायरस्थित एक डिलरले नाम खुलाउन नचाहाने एक धन्याद्यालाई १९५७ मोडलको ‘फरारी टेस्टा रोसा’ २४ मिलियन भन्दा केही बढीमा बेचेको जानकारीलाई टेलिग्राफले आफ्नो नयाँ अंकमा खुलाएको छ ।
सो कार संसारमा अहिलेसम्म भएको फरारीलगायतका अन्य टप कारहरुमा पाँचौं स्थानमा पर्ने डिलरका अधिकारी मिस्टर हार्डीको भनाइ पनि पत्रिमा उल्लेख छ । नेपाली रुपैंयामा हिसाव गर्ने हो भने उक्त ५७ वर्ष पुरानो कारलाई लगभग चालीस खरब पर्न आउँछ, ट्याक्सबाहेक ।
अफ्रिकाको हरारेको दक्षिणतिर तीनसय माइलपर अहिले पनि मानिसहरु जंगली हालातमा रहेका छन् । मानव सभ्यताको त्यतिनजिक रहेर पनि बन धतुर तथा कन्दमूल आहारको रुपमा लिने त्यो भेगमा हजारौं त्यस्ता अफ्रिकी नागरिकहरु छन्, जसले वर्षको एकपटक एकमुठी चामलको भातजस्तो खानेकुरा खाई कुनै स्थानीय पर्व मनाउँदछन्, बीबीसीमा केहीअगाडि एक डकुमेन्ट्रीमा देखाइएको थियो, मा यदि सो रकम दिने हो भने साराका सारा उक्त बस्तीका मानिसहरु दशकौं वर्षसम्म आफ्नो जीवनमा पर्वहरु व्यहोर्ने थिए ।
-तस्वीर टेलिग्राफ
प्रतिक्रिया