काठमाडौं । ‘एक थुकी सुकी, हजार थुकी नदी’ आहानलाई चरितार्थ गर्दै दिलशोभा श्रेष्ठले हाल ३९ जना आमाहरुलाई आश्रय दिइरहेकी छन् । केही बर्र्Èअगाडि स्थापित ‘आमाघर’लाई अहिलेको अवस्थासम्म ल्याई पु¥याउन उनले थोरै संघर्È गर्नुपरेन । केही बर्Èयता मिडियामा उनको निस्वार्थ सामाजिक कामबारे चर्चा हुन थालेपछि देश–विदेशबाट आउने आर्थीक तथा भौतिक सहयोगले हाल एक नमुनाको रुपमा आमाघर चलिरहेको छ ।
यसैक्रममा नेपालबाट बेलायत पुगेर व्यावसाय तथा समाजसेवामा उद्दत तीन व्यक्तिबाट प्राप्त रु. एक लाख एक हजार आमाघरलाई प्रदान गरिएको छ । मंगलवार आमाघर कार्यालयमा एक कार्यक्रमको आयोजना गरि सो रकम प्रदान गरिएको हो । बेलायतमा रहने दिपक श्रेष्ठ, दिपक शेरचन र सफल शेरचनले व्यक्तितगत रुपमा सो रकम प्रदान गरेका हुन् । रकम हस्तान्तरण्ँ कार्यक्रममा कपिलवस्तु समाज युकेका अध्यÔ तथा पाचा पुचः गुठी युकेका उपाध्यÔ समेत रहेका दिपक श्रेष्ठ आ“फै उपस्थित थिए । यी तीनै जना व्यावसायिक साझेदार हुन् ।
चेक बुझ्दै दिलशोभा श्रेष्ठले आफुले मात्र नभई यस्तै प्रकारको सबैको सहयोगले नै आज आमाघर यो अवस्थामा आएको बताईन् । प्राप्त रकमबाट आमाघरको भौतिक संरचनामा सुधार गर्ने योजना पनि उनले जानकारी गराईन् । कार्यक्रममा बोल्दै दाता दिपक श्रेष्ठले तमाम् आमाहरुको जीवन धान्नको लागि सानो सहयोग प्रदान गर्न पाएकोमा औधी खुशी लागेको बताए । नेपाली मिडियामा नै आमाघरको बारेमा जानकारी पाएको बताउ“दै उनले आगामी दिनमा पनि यस्तै सामाजिक काममा लागिरहने अठोट गरेका थिए । कार्यक्रममा समाजसेवी हेम श्रेष्ठ बेलायतबाट आएका सञ्चारकर्मी कुशल श्रेष्ठ, भरतममणि रेग्मी लगाएतको उपस्थिती थियो ।
एक महिलाले सडकमा मृत्युस“ग संघर्È गर्दै नारकीय जीवन बिताउन बाध्य आमाहरुलाई उठाएर आश्रय दिन सफल रहनु चानचुने कुरा होइन । दिलशोभाले आमा मात्र होईन बाबा र छोराछोरीलाई समेत आश्रय दिएकी छिन् । अब आमाघर, बाबाघर र बच्चाघर छुट्टाछुट्टै बनाउने दिलशोभाको तयारी छ ।-Agency
प्रतिक्रिया