पत्रकार महासंघ युकेको निर्वाचन कार्यक्रम प्रकाशित

पत्रकार महासंघ युकेको निर्वाचन कार्यक्रम प्रकाशित


FNJ-Nepalनेपाल पत्रकार महासंघ युके शाखाको नयाँ कार्यसमितिको निर्वाचनका लागि निर्वाचन कार्यक्रम प्रकाशित गरिएको छ।
निर्वाचन समितिका संयोजक सोलिसिटर राजु थापाको अध्यक्षतामा इलिङस्थित एभरेष्ट ल सोलिसिटर्सको कार्यालयमा बसेको निर्वाचन समितिको बैठकले यही फेब्रुअरी ९ तारिखका दिन मतदाता नामावली प्रकाशन, फेब्रअरी १६ मा अन्तिम मतदाता नामावली प्रकाशन, फेब्रुअरी २३ मा दिउँसो १२ बजेदेखि ३ बजेसम्म एभरेष्ट ल सोलिसिटर्सको कार्यालयमा उम्मेदवारी दर्ता तथा सोही दिन दिउँसो ३:३० बजे प्रथम उम्मेदवारी नामावली प्रकाशन गरिने निर्णय गरेको छ।
त्यस्तै उम्मेदवारीमा दावी विरोध तथा उम्मेदवारी फिर्ता मार्च २ तारिखमा र अन्तिम उम्मेदवार सूची सोही दिन अपरान्ह ४ बजे प्रकाशित गरिने पनि निर्वाचन समितिले जनाएको छ।
मतदान कार्यक्रम आगामी मार्च ९ तारिखका दिन राइस्लिपस्थित भेन्यु फाइब रेष्टुरेण्टमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सन्चालन गरिने र सोही दिन दिउँसो ३ बजेपछि निर्वाचन नतीजा घोषणा तथा प्रमाणपत्र हस्तान्तरण गरिने समितिले जनाएको छ। सोही दिन सोही स्थानमा नेपाल पत्रकार महासंघ युके शाखाको दोश्रो वार्षिक साधारणसभा बस्दैछ।
निर्वाचनको कार्यक्रम तथा अन्य सूचनाहरु नेपाल पत्रकार महासंघ युके शाखाको वेबसाइट www.fnjuk.info मा पनि प्रकाशित गरिनेछ।
यसअघि गएको जनवरी २३ तारिखमा बसेको नेपाल पत्रकार महासंघ युके शाखा कार्यसमितिको बैठकले सोलिसिटर राजु थापाको संयोजकत्वमा सुरेशजङ्ग शाह, विजय थापा, कृष्ण भट्ट तथा जुना राना रहनुभएको एक पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको थियो। बैठकले निर्वाचन समितिको सल्लाहकारमा भगीरथ योगीलाई मनोनयन गरेको थियो।
-FNJUK