लण्डन – उत्तरी प्रशान्त महासागरमा एक वर्षभन्दा पहिले दुई जना व्यक्तिहरु शार्क माछाको शिकारका लागि फाईबर ग्लासयुक्त माछा मार्ने डुँगा लिएर रवाना भएका थिए । तर, दुर्भाग्यवश उनीहरुले प्रयोग गरेका डुँगाको विधुतीय ईन्जिन बिग्रिएकाले उनीहरुको डुँगालाई सामुन्द्रिक भेलले उछिट्टयाउँदा हजारौ माईल पर अनकण्टार एउटा निर्जन, मानव रहित टापूमा पुगेका थिए । विशाल प्रशान्त महासागरको त्यो निर्जन टापुमा उनिहरु कैंयौ कष्ट र समुन्द्रका छालहरुको सामना गरेर पुगेका रहेछन् । उनीसंगै गएका अर्को १५ वर्षीय किशोर साथीभने तमाम ती कष्टहरु झेल्न नसकेर चारमहिना पश्चात मुत्युको मुखमा परेका रहेछन् । घट्ना सुन्दा हलिवूड फिल्मका अभिनेता, टम हाङ्कस्ले खेलेका प्रख्यात चलचित्र “कास्ट आवे” जस्तै लाग्ने यो सत्य घट्नाको यस नायकलाई पछिल्लो हप्ता मार्शल द्वीप समुहमा रहेको एउटा मानव रहित द्वीपबाट समुन्द्रमा पेट्रोल गरिरहेका प्रहरी दलले उद्वार गरेको थियो । पेट्रेल बोट मार्फत उनलाई तुरुन्त राजधानी माजुरोमा ल्याईएको थियो । अल सालभेडोर निवासी ३७ वर्षीय जोश सालभेडोर आरबारेन्जो, मछुवारालाई उद्वार गरेर सुक्खा जमिनमा ल्याउँदा उनले, “हे भगवान” भनेका थिए । सन् २०१२को डिसेम्बर महिनामा मेक्सिको देखि शार्क माछाको शिकारका लागि निस्केका आरेन्जोलाई दसहजार किलोमिटर (६,२०० माईल) पर समुन्द्रको निर्जन टापुमा हुत्याई दिएको रहेछ । उनका अनुसार बाँच्नका लागि उनले कछुवाको काँचो रगत, माछा र चराहरुका काँचो माँसु खाँदै बचेका कुरा उद्धृत गरेका छन् । बाँच्नका लागि आफ्नै पिशाव पनि पिउँदै आएको कुरा भनेका छन् । उनलाई प्रहरीले उद्वार गर्दा उनको हातमा एउटा चाकु रहेको तथा उनको हालत एकदमै बौखलाएको जस्तो तथा दिमागी हालत सन्तुलन नभएको कुरा प्रहरीले बताएको छ । एकवर्ष भन्दा बढि समय दाह्री नखौरेका जंगलीजस्ता देखिने आरबोरेन्जोको शारीरिक हालत नाजुक रहेको तथा उनका खुट्टाहरु पातलिएर कमजोर भएको अवस्थामा भेट्टाएका थिए । द्वीपका अधिकृतहरुले उनबाट निकै सुचनाहरु प्राप्त गर्न बाँकिरहेको कुरा भनेका छन् । यतिबेला उनलाई मेडिकल चेकअपका लागि अस्पतालमा भर्ना गरिएको छ । त्यसपश्चात त्यहाँका अधिकारीहरुले उनलाई अल सालभेडोर पठाउने योजना बनाएका छन् ।
प्रतिक्रिया