निक क्लेगका हेडसरलाई ८ वर्षको जेल

निक क्लेगका हेडसरलाई ८ वर्षको जेल


caldicott boys schoolलण्डन – स्कुलका विद्यार्थीहरुलाई यौन शोषण गरेको आपराधमा लिबरल डेमोक्रेटिक पार्टी नेता निक क्लेगले पढेका स्कुलका पूर्व हेड मास्टरलाई आठ वर्षको जेल सजाए भएको छ । सन् साठी र सत्तरीको दशकभित्र रोलाण्ड राईटले पाँच जना ८ वर्षदेखि १३ वर्षका केटाहरुलाई जबरन यौन शोषण गरेका थिए । ८३ वर्षीय आपराधीलाई जेल सजाए सुनाउँदा न्यायधीश जोअना कट्स, क्यूसीलृे, “तिमीले ती बालकहरुलाई स्याहर र सुरक्षा दिने त परैको कुरा उल्टै उनीहरुलाई आफ्नो कुण्ठित यौन शोषणको घोडा बनायौ, उनिहरुले तिमीलाई आदर गर्थे तथा तिमी सित डराउँथे तर आफ्नो व्यक्तिगत यौन तृप्तिका लागि ती बालकहरुलाई टिप्दै गर्यौ जुन्चाँहि एकदमै घोर आपराध हुन आउँछ” भनेकी थिईन् । न्यायधीशका अनुसार राईट्ले जब उनी बकिङ्हाम स्थित, फारहाम रोयलका कालडिकोट केटाहरुको प्रिपरेटरी स्कुलमा पढाउँथे त्यतिबेला उनले खास गरेर ११ वर्षदेखि १३वर्षका केटाहरुलाई आफ्नो यौन सन्तुष्टिका लागि लक्षित गर्थे । यसै घट्नाको सिलसिलामा उनका एक जना ८२ वर्षीय साथी, ह्यूग हेन्रीले आत्महत्या गर्ने प्रयास गरेका थिए, यद्यपि उनलाई अदालतले यो सजाय दिएको छ । उनका साथीले अस्ति मंगलवारको दिन लण्डन स्थित भूमिगत रेलको पट्रीमा फाल हानेर आत्महत्या गर्ने असफल प्रयत्न गरेको कुरा प्रकाशमा आएको छ । उनलाई पनि त्यही समयताका स–साना केटाहरुलाई यौन शोषण गरेको आपराधमा सुनवाई गर्न अझ बाँकी रहेको कुरा प्रकाशमा आएको छ । राईटले त्यस स्कुलमा सन् १९५२देखि पढाउन शुरु गरेका थिए तथा सन् १९६८देखि हेडमास्टरको हैसियतमा रहेका थिए । सन् १९९३सालमा अवकाश प्राप्त गरेका थिए । उनबाट यौन शोषित एक जना पूर्व विद्यार्थी टोम पेरीले सन् २००१मा आफ्नो डाक्टरलाई आफूमाथि गरिएको यौन शोषणबारे भनेपछि यस घट्नाको छान्बिनतर्फ गोप्य छान्बिन टोली लागेको थियो । एमारशाम क्राउन कोर्टमा जेल सजाए सुनाए पश्चात, पेरीले, “यस सजाएले यस्ताखाले आपराध गर्ने व्यक्तिहरुलाई, ८३वर्षको उमेरमा पनि आठ सालको सजाय दिईन्छ भन्ने एउटा सकारात्मक सन्देश दिएको छ” भनेका थिए । सन् १९८० सालमा त्यही स्कुलमा निक क्लेग हेड ब्वाई रहेका थिए । उनले आफ्नो भनाई, “यस्ताखाले प्रतिवेदनहरुले विशेषगरि म जस्ता मानिसहरुका लागि आप्ठ्यारो पाने गर्दछ जुन शोषण हँुदै गरेको कुराहरुबाट म बिलकुलै अनभिज्ञ थिएँ त्यसबेला” भनेका छन् ।