भ्यालेन्टाइनमा फूल दिने सपना बोकेका गायक लण्डनमा

भ्यालेन्टाइनमा फूल दिने सपना बोकेका गायक लण्डनमा


himalsagarलण्डन । ‘न मैले लेखे न उनले लेखिन, खै कसले लेख्यो आँशुसरि जिन्दगीको मेरो कथा’ उक्त बोलको गीतबाट २०६० को दशकतिर ‘रिलेशन’ नामक एल्बममार्फत दर्शक स्रोताहरुसंग सम्बन्ध स्थापित गरेका युवा गायक तथा संगीतकार हिमाल सागरको सम्बन्धले एकदशक पार गरिसक्दा पनि निरन्तरता पाइराखेको छ । उनी यतिबेला बेलायतको विभिन्न स्थानहरुमा आयोजना गरिएका कार्यक्रममा बेलायतबासी नेपालीहरुलाई नचाउन भ्याई नभ्याई लागिपरेका छन् । हालसम्म अविवाहित रहेका गायक हिमाल सागरको यस पटकको भ्यालेन्टाइन अर्थात् प्रेम दिवस भने बेलायतमा नै बित्नेछ, यस्तै प्रसङ्गहरुलाई उनले कसैलाई पनि अहिलेसम्म प्रेम दिवसको उपलक्ष्यमा कुनै कुरा दिने अवसर नमिलेको र यस पटकको प्रेम दिवसमा पनि कुनै उपहार दिई हाल्ने वातावरण मिलिनसकेको बताउँदछन् । तर, भनेजस्ती अनिआफू र आफ्नो पेशाको सम्मान गर्ने जीवनसाथी भेट्टाएको खण्डमा अब धेरै समय एक्लो जीवन ननबिताउने आफ्नो धारणा रहेको बताउँदछन् पनि।

h-sagarनेपाललाई मात्र आधार मानेर गित संगीतको पेशालाई अंगाल्ने हो भने मेहेनत र परिश्रमको प्रतिफल पाउन नसकिने यो अवस्थामा प्रबासी नेपालीहरुको योगदान निकै महत्वपुर्ण रहेको कुरा उहाले स्वीकार्नुभयो । लगभग एक दर्जन जति मुलुकहरुमा आफ्नो सांगीतिक यात्रा प्रस्तुत गरिसकेका गायक सागरले नेपाली चलचित्रलगायत १५० भन्दा बढी गीत गाइसकेका छन् । रिलेशन, फर यू, त्यो दिन, टेल मी र कहानी नामक ५ एल्बम र दुइटा कलेक्सन एल्बमहरु उनको आफ्नै कम्पोजिशनमा विभिन्न ख्याति प्राप्त गायकहरुको स्वरलाई समावेस गरी आफूलाई एक कुशल संगीतकारको श्रेणीमा राख्नसमेत सफल भएका छन् । सानै उमेरदेखि गीतसंगीत तर्फको अभिरुचि राख्ने गायक हिमालले बि।स। २०५९ शालमा पहिलो गीत रेकर्ड गराएका थिए भने उनको पहिले एल्बम ‘रिलेशन’ २०६० मा निस्किएको थियो । पहिलो एल्बमबाट नै अत्यधिक सफलता पाएका गायक सागरका अन्य एल्बमहरुले पनि उत्तिकै सफलता प्रदान गर्दै आइरहेका छन् । यस अर्थमा भन्ने हो भने उनी निकै कममध्यमा पर्ने एकजना भाग्यमानी गायक अन्तर्गत पर्नेछन् भन्दा खासै फरक पर्दैन । यति मात्र नभएर उनले नेपाली चलचित्र ‘किन किन’ मा पनि राजेश पायल राई र प्रमोद खरेलको साथमा अभिनय समेत गरेका छन् ।