बेलायतको बाढले प्रभावित तनाव

बेलायतको बाढले प्रभावित तनाव


flood in ukलण्डन – निकै लामो समयदेखि बाढको प्रभावबाट दक्षिणी स्कटल्याण्ड, वेल्श, ईङ्ग्ल्याण्डका मिडल्याण्ड क्षेत्र, दक्षिणपश्चिमी भूभाग र थेम्स नदिको सेरोफेरो धेरै प्रभावित भएको र अझ जनजीवन कष्टकार बन्दै आएकाले प्रधानमन्त्रि डेभिड क्यामरोन स्वयम् आफै बाढग्रस्त स्थलहरुमा अवलोकन गर्न निस्केका छन् । उनी संगै प्रकृति तथा दैविक उद्वार विभागका अधिकारीहरु समेत स्थलगत् भ्रमण गरिरहेका छन् । विगत २५० वर्षभित्र सबैभन्दा बढि झरी र लामो समयसम्म परेको यसवर्षको हिउँदले सम्पूर्ण बेलायतको बाढग्रस्त क्षेत्र अस्तव्यस्त बनाएको छ । विभिन्न निकाय तथा सेना परिचालन गरेर बाढग्रस्त क्षेत्रलाई नियन्त्रण गरेर जनजीवन सामन्य स्थितिमा ल्याउने प्रयास असफल भईरहेको छ ।
हिजो डेभिड क्यामरोनले बाढ पीडितहरुका लागि उद्वार कार्यमा पैसाको समस्या नहुने कुरा व्यक्त गरेता पनि पीडितहरुलाई राहत कार्यमा ढिलाई भएको आक्षेप दिई रहेका छन् । तर, प्रधानमन्त्रि, डेभिड क्यामरोनले सबै बाढ पीडितहरुलाई कुनै हालतमा पनि मदद् गर्ने प्रत्तिबद्धता जाहेर गरेका छन् । हालको स्थितिलाई देखेर उनले आफ्नो मिडलईष्ट राष्ट्रहरुको भ्रमण रद्द गरेका छन् । उनको भनाई अनुसार मौसम परिवर्तनको असरले गर्दा यस्ता असरहरु हुँदै आएको भनेका छन् साथै हामी अहिलेको प्रकृतिक प्रकोपलाई सबै मिलेर पार गर्नुपर्छ । भविष्यमा यसभन्दा बढि संकट सामना गर्नुपर्ने स्थिति आउन सक्नेछ भनेका छन् । यस क्षेत्रमा अहिले १६०० सैनिकहरु परिचालन गरेको छ । आज प्रधानमन्त्रिले एउटा अपातकालीन बैठक बोलाएर बाढग्रस्त क्षेत्रका नागरिकहरुलाई सपोर्ट गर्ने कमिटी गठन गरेका छन् । उनले अपातकालीन् सेवा विभागका कर्मचारीहरु र वातावरण विभागलाई आभार व्यक्त गर्दै उनिहरुका सेवाका लागि धन्यवाद व्यक्त गरेका छन् ।